
भद्रपुर, २ माघ । नेकपा एमाले झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट डम्बर गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । जिल्ला विकास समितिको सभाकक्षमा आज शनिबार निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई पार्टी केन्द्रीय सल्लाहकार तथा सांसद जीतु गौतमले पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।
कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठकले नव निर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै पार्टी कामसँगै जनताको सम्बृद्धिको कामलाई पनि माथि उठाउन नव निर्वार्चित कमिटीलाई आग्रह गर्नुभयो । एमाले युवा नेता वसन्त वानियाँले दक्षिण झापा विकास र निर्माणको हिसावले मात्र होइन पार्टीको नजरले पनि पछि परेको हुँदा युवाहरुको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा माननीय सांसद जीतु गौतमले झापाको क्षेत्र नम्बर ३ यो जिल्लाको हुम्ला भएको हुँदा म मेरो क्षमताले भ्याएसम्म यस क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अधिवेशन अध्यक्ष मण्डकका अध्यक्ष पुष्प पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी उपसचिव चन्द्रा श्रेष्ठ, जिल्ला सचिवालय सदस्य घनश्याम अधिकारी, जिल्ला कमिटी सदस्यहरु अशारु राजवंशी, हरि घिमिरे, नवनिर्वाचित अध्यक्ष डम्बर गिरी, पूर्व उपाध्यक्ष कुमार उप्रेतीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
४५ सदस्यीय क्षेत्रीय कमिटीमा १५ जना महिला ६ जना आदिवासी ७ जना जनजाति ३ जना दलित ३ जना मजदूर निर्वाचित भएका छन् भएको निर्वाचन मण्डलका सदस्य अशारु राजवंशीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्र नं.–३ को तेश्रो क्षेत्रीय अधिवेशनबाट निर्वाचित कार्यसमितिको नामावली:
अध्यक्ष – डम्बर गिरी उपाध्यक्ष – मेनुका ओली
सचिव – नवराज भट्टराई उप–सचिव – हर्क बिक
सदस्यहरुः
भद्रपुरः लोकनाथ भट्टराई– ईन्चार्ज, सदस्यहरुः ज्ञान बहादुर बस्नेत, जगदिश जोशी, मेहरमान विष्ट, फुलसिंह राजवंशी, कमला पौडेल, कल्पना पोखरेल ।
पृथ्वीनगरः देवीप्रसाद अधिकारी– ईन्चार्ज, सदस्यहरुः दशरथ प्रधान, अमरबहादुर खड्का, प्रेमचन्द लिम्बू, कौशिला अधिकारी,
जलथलः मात्रिका देवी भट्टराई– ईन्चार्ज, सदस्यहरुः देवी ओली, राम ढकाल,
पथरियाः मिना बस्नेत– ईन्चार्ज, सदस्यहरुः चन्द्रशेखर अधिकारी, तोया मिश्र,
बालुवाडीः नविन ढुंगाना–ईन्चार्ज, सदस्यहरुः चेतराज भट्टराई, दिपतारा थाम्सुहाङ,
बनियानीः तेजलाल राजवंशी ईन्चार्ज सदस्यहरुः देउमान बुढाथोकी,
घेराबारीः घनलाल राजवंशी,
केचनाः पवित्रा लम्साल
खुल्ला महिला सदस्यहरुः
निर्मला पाण्डे– बनियानी, गंगा बानिया– बालुवाडी, टीका भट्टराई–पथरिया, कमला थुलुङ– पृथ्वीनगर, चन्द्रकला गौतम– भद्रपुर, कर्णमाया गिरी– जलथल, टीका तामाङ्ग– मजदुर
दलितः घनश्याम लकान्द्री, सागर पोर्तेल,
आदिवासीः डिनलाल राजवंशी, राममोहन राजवंशी,
मजदुरः सुदिप राजवंशी, टीकाराम घिमिरे,
अपाङ्गः द्रोण निरौला,
जनजातीः रन्जीत मेचे, चन्द्र श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी एमाले झापा क्षेत्र नम्बर ३
को ऐतिहासिक तथा पर्यटकीय स्थल किच्चकबधमा पुस २५–२६ गते सम्पन्न
तेस्रो क्षेत्रीय अधिवेशनद्वारा पारित प्रस्ताव तथा निर्णयहरु
१) नेपालको संविधान निर्माणजस्तो महत्वपूर्ण कार्यमा आप्mनो आग्रह कार्यान्वयन गराउन भारतीय सरकारबाट अनुचित दवाव सिर्जना गरी अन्तराष्ट्रिय मूल्य मान्यताहरुलाई समेत वेवास्था गर्दै गरिएको नाकाबन्दी विरुद्ध यो अधिवेशन खेद व्यक्त गर्दछ ।
२) देशलाई चरम परनिर्भताबाट जोगाउन उत्पादनमुखी कार्यहरुलाई अगाडि बढाउँदै आर्थिक सम्बृद्धिको दिशातर्फ लाग्न यो अधिवेशन सबैमा आग्रह गर्दछ ।
३) नेकपा एमाले झापा क्षेत्र नम्बर ३ का मातहतका कमिटीहरुलाई वडा टोलसम्म पु¥याउन गठन–पुनर्गठन, भेला, प्रशिक्षण, गोष्ठी, विकास निर्माणका अभियानहरु गरी पार्टीलाई क्रियाशील र चलायमान बनाउन यो अधिवेशन विशेष प्रस्ताव पास गर्दछ ।
४) यो अधिवेशन जनताको स्वाधीनताको भावनाको कदर गर्दै सबै विकल्पहरु खुला गरी मधेश आन्दोलन र नाकाबन्दीबाट जनतामा पर्न गएको आवागमनको कठिनाई, अभाव, महंगी नियन्त्रण गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।
५) नेपाली राष्ट्रिय उद्योगहरुको संरक्षण गर्दै देशभित्रै रोजगारीको व्यवस्था गर्न यो अधिनेशन नेपाल सरकारसँग माग गर्दछ ।
६) यो अधिवेशन झापा क्षेत्र नम्बर ३ को सम्पूर्ण गाविसका सडकलाई जिल्लाको पक्की सडक सञ्जालसँग जोड्न नेपाल सरकार, निर्माण तथा भौतिक योजना मन्त्रालय, योजना आयोग, जिल्ला विकास समितिसहित सबै सरोकारवालाहरुको ध्यानआकर्षण गर्दछ ।
७) यो अधिवेशन झापा क्षेत्र नम्बर –३ का पर्यटकीय स्थलहरु केचन कवल, किच्चकबध, पथरियाको बढो केचना झिल, घेरावारीको भूतेश्वर शिवालय, पृथ्वीनगरको कमलधाप, जलथलको पाथिभरा पर्यटकीय क्षेत्र र धनुष पोखर लगायतको पर्यटकीय क्षेत्रहरुको एकीकृत पर्यटन केन्द्रको रुपमा विकास गर्न नेपाल सरकार पर्यटन मन्त्रालय, जिल्ला विकास समिति र सरोकारबाला सबैको ध्यानाकर्षण गर्दछ ।
८) दक्षिण झापाको पाठामारी, केचना, पथरिया पृथ्वीनगर, बालुबाडी बनियानी र जलथललगायतको गाविसमा कृषिको लागि सिचाईको विकास गर्दै आन्नबाली तथा तरकारी खेतीको लागि एकीकृत पोके कार्यक्रम ल्याउन नेपाल सरकार र कृषि मन्त्रालयको यो अधिवेशन ध्यानआकर्षण गर्दछ ।
९) ठेक्का लागेर पनि निर्माण सम्पन्न हुन नसकेको मेची पुल, भद्रपुर–केचना सडकको निर्माण कार्य तत्काल युद्धस्तरमा सुचारु गराउन र हुलाकीमार्गको निर्माण कार्य भद्रपुरबाट थालनी गर्न यो अधिवेशन नेपाल सरकार निर्माण तथा भौतिक योजना मन्त्रालयसँग जोडदार माग गर्दछ ।
१०) यो अधिवेशन झापाली चिया खेती, उद्योग र बजार विस्तारको लागि प्रविधिक जाँच केन्द्र र अक्सनमण्डीको व्यवस्था गर्दै सब्जी खेतीको उत्पादनसँग जोडेर व्यापारका लागि सब्जी मण्डी भद्रपुर–पृथ्वीनगर आसपासमा स्थापना गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
११) हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष क. केपी शर्मा ओलीसहित केन्द्रीय कमिटी, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित संविधानसभामा संविधान निर्माणका लागि जुट्ने सम्पूर्ण राजनीतिक दलहरुलाई असोज ३ गते जारी नेपालको संविधान अहिलेको सन्दर्भमा प्रगतिशील समाजवादतर्फ उन्मुख र विभिन्न जात–जाति, धर्म–संस्कृति, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, पिछडिएका वर्ग, सिमान्तकृत वर्ग, पहाड, हिमाल र तराईलगायतका सबै क्षेत्र र पक्षको अधिकार मैत्री बनाउन सफल भएकोले यो अधिवेशन धन्यवाद प्रस्ताव पास गर्दै जारी संविधानको सफल कार्यान्वयनका लागि नेपाल सरकार, सबै राजनीतिक दल र संविधानसभाका सदस्यहरुलाई एकजुट भई लागि पर्न आग्रह गर्दछ ।
१२) सीमाक्षेत्रका जनताको सुरक्षाका लागि एकीधकृत सीमा सुरक्षा व्यवस्था गर्न यो अधिवेशन नेपाल सरकार, गृह मन्त्रालय र सरोकारवाला सबै निकायको ध्यानाकर्षण गर्दछ ।
१३) र, अन्त्यमा यस अधिवेशन सम्पन्न गर्न नेकपा एमाले क्षेत्र नम्बर–३ को सिङ्गो पङ्ति, विशेषगरी पृथ्वीनगर गाउँ कमिटी, पार्टी उपल्लो कमिटी, स्थानीय सुरक्षा निकाय, किच्चकबध संरक्षण समितिलगायतका सहयोगी व्यक्ति तथा संघ–संस्थाहरुलाई यो अधिवेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।












प्रतिक्रिया