१४ कार्तिक २०८३, शनिबार

अवैध सुनसहित अमेरिकी नागरिक एयरपोर्टमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Big Set of Gold bars. Close up Imageकाठमाडौं, २ माघ । अवैध सुनसहित राजधानीमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलमा कतार एअरको क्युआर ६४६ नम्बरको उडानद्धारा नेपाल आएका राहदानी नम्बर ५२२९८१६३ वाहक भुटानी मूलका अमेरिकी नागरिक खगेन्द्र गजमेरलाई भन्सारको एक्सरेमा चेकजाँच गर्ने क्रममा हयाण्डव्यागमा २ वटा र ज्याकेटमा २ वटा बाला बनाई राखेको ६ सय ९३ ग्राम अवैधरुपमा ल्याएको सुनसहित शुक्रबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।