१४ कार्तिक २०८३, शनिबार

अख्तियारका कर्मचारी हौं भन्दै राजधानीमा लाखौं असुली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaकाठमाडौं, २ माघ । काठमाडौं महानगरपालिका–२८ ताम्सीपाखामा सोलार सिष्टमको काम गर्ने पर्सा वीरगंजका ५० वर्षीय राजेश शर्मालाई धम्की दिई रकम असुल गर्ने २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ ज्यामरुङ-१ बस्ने ३५ वर्षीय कुलमान श्रेष्ठ र आफूलाई अडिटर बताउने काठमाडौं महानगरपाकिला–२१ जैशीदेवल बस्ने भारत राजस्थानका ४० वर्षीय मुकेश शर्मा रहेका छन् । साथै राजेशलाईसमेत अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उनीहरु समेतका ४ जनाले पुस २४ गते राजेशको पसलमा आएर हामी अख्तियारका कर्मचारी हौं, तपाईले नक्कली बिल भरपाई बनाई काम गर्ने हुँदा फसाइदिन्छौं र केश नमिलेमा श्रीमतीलाई अपहरण गरीदिन्छौं भनी धम्क्याएका थिए ।

सो पश्चात मुकेशले राजेशसँग बार्गेनिङ गरी माघ १ गते नगद १ लाख रुपैयाँ दिने सहमति भएपछि राजेशले महानगरीय प्रहरी बृत्त जनसेवामा जानकारी गराएपछि काठमाडौं महानगरपाकिला-१६ खुशिबुस्थित क्लासिक बफे रेष्टुरेण्टको गेट अगाडि राजेशसँग नगद १ लाख रुपैयाँ लिंदै गरेको अबस्थामा उनीहरु २ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

फरार अन्य २ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।