२९ आश्विन २०८३, बिहिबार

पश्चिम लागेपछि ओलीको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-KP-Oli

काठमाडौँ, ३१ असार । नेकपा एमालेको नवौं महाधिबेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्लो मत परिणाम संसदीय दलका नेता केपी शर्मा ओलीले ७ सय ७ सय ४६ मत प्राप्त गर्नु भएको छ भने वरिष्ठ नेता माधवकुमार नेपालले ७ सय ५१ मत प्राप्त गर्नुभएको छ । औपचारिक परिणाम भने अझै आएको छैन् ।

बुथ नं. ४ मा गण्डकी, लुम्बिनी, भेरीको मत रहेको छ । बुथ नं. ५ को पनि गणना जारी छ । बुथ नं. ४ मा ओलीको पटक रहेको ओली पक्षको दाबी छ ।

 

नेकपा एमालेको नवौं महाधिबेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्लो मत परिणाम संसदीय दलका नेता केपी शर्मा ओलीले ६ सय ७७ मत प्राप्त गर्नु भएको छ भने वरिष्ठ नेता माधवकुमार नेपालले ७ सय मत प्राप्त गर्नुभएको छ ।

बुथ नं. ४ मा गण्डकी, लुम्बिनी, भेरीको मत रहेको छ । यो बुथमा ओलीको पटक रहेको ओली पक्षको दाबी छ । त्यसैगरी महासचिवमा सुरेन्द्र पाण्डेले ७ सय ८ र ईश्वर पोख्रेलले ६ सय ४१मत प्राप्त गर्नुभएको छ ।