१४ कार्तिक २०८३, शनिबार

राजेन्द्र महतोलाई विमानस्थलमा भव्य स्वागतको तयारी, आइतबार मध्यान्ह आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahatoकाठमाडौं, २ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नयाँदिल्लीको उपचारपछि भोलि आइतबार काठमाडौं आउँदै हुनुहुन्छ ।

नाकामा धर्ना बसेर नाकाबन्दी लगाइ तराईका जिल्लामा आन्दोलन चर्काउन प्रमुख भूमिका खेल्नुभएका अध्यक्ष महतो आइतबार मध्यान्ह सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार अध्यक्ष महतोलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी गरिएको छ ।

विराटनगरको रानी भन्सार नाका अबरोध गर्ने क्रममा प्रहरीसँगको झडपमा अध्यक्ष महतो घाइते हुनुभएको थियो ।

उहाँको विराटनगर र धरानमा उपचार भएको थियो । तर अध्यक्ष महतोलाई दुई साताअघि थप उपचार गराउनेभन्दै नयाँदिल्ली लगिएको थियो ।

भारतमा रहँदा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नुभएका अध्यक्ष महतोले तराईका जिल्लामा आन्दोलन चर्काउने अभिव्यक्ति दिँदै आउनुभएको छ ।