१४ कार्तिक २०८३, शनिबार

‘अझै पनि केही बिग्रेको छैन, काँग्रेस सरकारमा आउँनुपर्छ, म मन्त्री पद छाड्छु’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anand-pokheralभक्तपुर, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाली काँग्रेसलाई सरकारमा आउन आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) मध्यपुर नगरपालिका– १६ वडा कमिटीले आज लोकन्थलीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले मुलुकको निर्माणमा एकै ठाउँमा बसेर काम गर्नाका लागि काँग्रेसलाई पनि सरकारमा आउन आग्रह गर्नुभएको हो

‘अझै पनि केही बिग्रेको छैन, नेपाली काँग्रेसलाई म आग्रह र आह्वान गर्छु, सरकारमा आउँनुस, म मन्त्री पद छाड्न तयार छु,’ मन्त्री पोखरेलले भन्नुभयो–‘देशको यो सङ्क्रमणकालमा मुलुकको निर्माण गर्न सबै एकै ठाउँमा आउनुपर्छ ।’

वामपन्थी र काँग्रेस सहकार्य तोड्न केही शक्ति लागेकोे र त्यही शक्तिको इसारामा काँग्रेसले सहकार्य तोडेको आरोप लगाउँदै उहाँले भन्नुभयो–‘काँग्रेसले अर्काको इसारामा एमालेको गठबन्धन तोड्न नहुनेमा तोडियो, यो काँग्रेसको गल्ती हो ।

भूकम्पपीडितलाई घर बनाउन सरकारले माघ महिनाभित्र पहिलो किस्ता रकम दिने तयारी गरेको बताउँदै उहाँले सरकारले पुनःनिर्माणको काम बजेट फ्रिज नहुने गरी सम्पन्न गर्दै जाने उहाँको भनाइ थियो । रासस