कञ्चनपुर, २ माघ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्र हुँदै भारततर्फ तस्करी हुँदै गरेको काठसहितकोे भ्यान प्रहरीले गएराति बरामद गरेको छ ।
नगरपालिका–१ गठीगोठ क्षेत्रबाट भारतीय नम्बर प्लेटको युके ०३ सिए ४७७ नम्बरको भारतीय म्याजिक भ्यानसहित २१ क्युबिक फुट सिसौको तयारी अवस्थाको काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताउनुभयो ।
“बरामद काठसहितको भ्यान शुक्लाफाँटा आरक्ष कार्यालय जिम्मा दिएका छौँ,” उहाँले भन्नुभयो – “तस्करीमा संलग्न व्यक्ति भ्यान छाडेर सीमापारि भागेपछि पक्राउ गर्न सकिएन ।”
भ्यानसहितको काठ बरामद गरिएपछि भारतीय सुरक्षाकर्मीले सीमा स्तम्भ नं ११ नजिकको आवागमनमा रोक लगाएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । रासस












प्रतिक्रिया