
सिरहा, २ माघ । लागुुऔषध विरुद्धको अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय गोलबजारले कक्षा ९ र १० का विद्यार्थीहरुलाई जनचेतना जगाउने प्रयास थालेको छ ।
गोलबजारस्थित भिजन इन्टरनेश्नल एकेडेमी पुुगेर गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले एक दिने विद्यालय अभिमुुखीकरण कार्यक्रम सम्पन्न गरेका छन् । उक्त कार्यक्रममा कक्षा ९ र १० का ६० छात्र–छात्राको उपस्थिति रहेको थियो ।
‘अहिले विद्यालय स्तरका बालबालिका पनि लागुुऔषधको कुुलतमा फस्ने गरेका छन्’, प्रहरी निरीक्षक निरौलाले भने, ‘लागुुऔषधको कुुलतमा फस्न नदिन अभियान थालेका छौं । अभियानका क्रममा विद्यालय पुुगेर प्रोजेक्टरको माध्यमले लागुुऔषधको प्रयोग नगर्न सचेत गराउँछौं ।’














प्रतिक्रिया