काठमाडौं । सीमामा रहेका नेपाली सुरक्षाकर्मीलाई गढीमाई दर्शन गर्ने भन्दै झुक्याएर नेपाल प्रवेश गरेका भारतीय प्रहरीले बारा कलैयाबाट एक व्यापारीलाई नियन्त्रणमा लिन गरेको प्रयास स्थानीयको प्रतिकारमा असफल भएको छ ।गढीमाई दर्शन गर्न भन्दै बाराको मटिअर्वा नाकाबाट सादा पोसाकमा नेपाल प्रवेश गरेका सातजना भारतीय प्रहरीको टोलीले कलैयामा किराना पसल सञ्चालन गर्दै आएका भारत सीतामढीका पप्पु साहलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो ।
बिनाजानकारी कलैया-५ मा रहेको साहको किराना पसललाई घेरा हालेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेपछि कलैया बजार क्षेत्र विहीवार साँझ तनावपूर्ण बनेको थियो ।
अपहरण र हत्याको अभियोगमा साहलाई पक्राउ गर्न कलैया आएका भारतीय प्रहरीले आफ्नो परिचय नै नदिई उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । त्यसपछि प्रतिकारमा उत्रिएका स्थानीयले भारतीय प्रहरीलाई त्यहाँबाट लखेटेर सीमा कटाइदिए । अन्नपूर्ण पोष्टमा समाचार छ ।















प्रतिक्रिया