गौशाला, २ माघ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ मलिवाराबाट दुई दिनदेखि एक बालक बेपत्ता भएका छन् ।
जिल्लाको मुख्य भारतीय सीमानाका भिट्ठामोडसँगै टाँसिएर रहेको मलिवारा गाउँ बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डे बिहीबार साँझदेखि बेपत्ता रहेको जिल्ला प्र्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
भारतीय नागरिकका लागि महोत्तरीको प्रवेशद्वारमै रहेको मलिवारा बस बिसौनीमा साँझपख घुमिरहेको बालक अचानक हराएका थिए ।
नलाई परिवारजनले टोल, छिमेक, कुटुम्ब तथा आफन्त गरी सबैतिर खोजी गरिसकेकाले उनी अपहरणमा परेको हुनसक्ने परिवारजनले आशङ्का गरेका छन् ।
यसैबीच, परिवारजनको अनुरोधमा बालक पाण्डेलाई बेपत्ता बनाएको हुनसक्ने आशङ्कामा जलेश्वरका तीन युवकलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको तथा बालकको खोजीलाई व्यापक बनाएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो । रासस












प्रतिक्रिया