
– दिलीप कुमार
सिरहा, २ माघ । तराईका जिल्लाहरुमा केहि दिनदेखि चिसो बढ्न थालेका छन् ।
चिसोले तराईका सिरहा लगायतका जिल्ला प्रभावित भएका छन् । बढेको चिसोले सिरहाका गरिब, बिपन्न, दलित समुदायका व्यक्तिहरु बढी प्रभावित भइरहेको छ । पछिल्लो समय बढिरहेको चिसोले सिरहा अस्पतालहरुमा चिसोको बिरामी बढिरहेको लहान स्थित रामकुमार सरदा, उमा प्रसाद मुरारका अस्पताल लहानका मेडिकल सुपरिटेन्देंट सुनिल कुमार महतोले बताए । उनका अनुसार अस्पतालमा पहिले भन्दा अहिले डेढ गुणाले चिसोको बिरामी बढेका छन ।

लहान अस्पतालमा चिसोको कारणले कोल्ड डाइरिया, रुघाखोकी, निमोनिया लगायतका बिरामीहरु अस्पतालमा बढेको उनले बताए । उनका अनुसार चिसोले सबभन्दा बढी गर्भवती महिला, बालबालिका, बृद्धहरु बढी प्रभावित हुने गरेको देखिएको छ । यस्तै जिल्लामा चिसो बढेपछि जिल्ला दैवी प्रकोप समितिले चिसोमा जथाभावी बाहिर हिडडुल नगर्न, बालबालिकालाई न्यानो बनाई राख्न, राती सुत्ने बेला पुरै जिउ ढाकेर सुन्त स्थानीय रेडियोहरुबाट सुचना प्रबाह गरिरहेका छन ।

यसैगरी, बढेको चिसोलाई मध्यनजर गरि इलाका प्रहरी कार्यालय गोलबजारले आफ्नो कार्यक्षेत्रमा काठको मुढा बितरण शुरु गरेका छन् । गोलबजार प्रहरी प्रमुख सन्तोष निरौलाका अनुसार जिल्लाको पुरानो चोहर्वा, गोलबजार, कसहा चौक लगायत मानिसहरुको बढी जमघट हुने ठाउमा काठको मुढा बितरण गरि जनमानसमा सेवा प्रदान अभियानलाई दिईएको छ ।
प्रहरी निरीक्षक निरौलाले गोलबजार प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले पछी सर्वसाधारणको अवस्था, आबश्यकता र चाहनालाई ख्याल गरि गरिरहेको काम प्रति सर्वसाधारण खुसी छन् ।












प्रतिक्रिया