काठमाडौं, २ माघ । मगर, थारू, छन्त्याल र राउटे समुदायको राष्ट्रिय चाड माघेसंक्रान्ति । शुक्रबार उपत्यकामा बसोवास गर्ने मगरले टुँडिखेलमा र थारूहरूले रंगशालामा जम्मा भएर सामूहिक रूपमा यो पर्व मनाए । टुँडिखेल र रंगशालाको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरे । टुँडिखेलमा भांग्रा र ढोरा लगाएर सम्बोधन गरेका ओलीले रंगशालामा धोती र ढोरा लगाए । दुवै ठाउँको सम्बोधनमा ओलीले केही नयाँ र केही पुराना योजना सुनाए ।
काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ ?
काठमाडौंमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि मैले त्यसको सुरुवात गर्नेछु । काठमाडौं, पोखरा र उत्तर–दक्षिण बाटाहरू बन्छन् । त्यो नगरेर मैले के गर्ने ? बालुवाटार र सिंहदरबार, सिंहदरबार र बालुवाटार गरेर समय काट्ने ? म यसो गर्छु भन्यो भने केहीलाई रिस उठ्छ, केहीलाई हाासो उठ्छ । काम गरेर देशलाई अगाडि बढाएर जाने हो । कुनै बहादुर छ, नेपालमा दुई दिनभित्र केही गरिहाल्ने रु त्यस्तो छ भने भन्नुपर्यो । नभए मेरो योजना छ । त्यो योजना अगाडि बढ्छ । अचम्म लाग्छ । गर्छु भन्न पनि नपाइने ? काठमाडौंमा इलेक्ट्रिक कार र बस चलाउने कुरा गरेँ । मानिस आत्तिए । दुनियाँका अनेक सहरमा इलेक्ट्रिक बस र कार चल्छन् । यहाँ चल्न नहुने भन्ने छ ? नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
ओलीको पाइलो खेद्नेहरू पनि छन्
तपाईंहरू टेलिभिजन हेर्नुहुन्छ होला, रेडियो सुन्नुहुन्छ होला, पत्रपत्रिका हेर्नुहुन्छ होला, अनलाइनमा देख्नुहुन्छ होला । केपी ओलीको पाइलो खेदेर हिँड्नेहरू पनि छन् । तर जतिसुकै पाइलो खेदेर हिाडे पनि उनीहरूको योजना पार लाग्दैन, किनकि मगर मेरा दाहिने छन् ।















प्रतिक्रिया