७ कार्तिक २०८३, शनिबार

आन्दोलनका बेला राजेन्द्र महतो हेलिकप्टर चढेको पैसा सरकारसँग माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahato & Upendra Mahatoकाठमाडौं, २ माघ । मधेसी मोर्चाले तयार पारेको २६ घाइतेको उपचार खर्च विवरणअनुसार दुई लाख ४० हजार रुपैयाँ एम्बुलेन्समा खर्च भएको छ ।

दुई लाख ६० हजार बिरामी र आफन्तको खानामा खर्च भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । त्यसैगरी, गाडी भाडामा ४० हजार, औषधि र मेडिसिन ल्याबमा ३९ लाख ३६ हजार तीन सय ४० रुपैयाँ खर्च भएको छ ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई दिल्ली उपचारमा लैजाने क्रममा हेलिकोप्टर भाडा मात्रै साढे दुई लाख रुपैयाँ खर्च भएको छ ।

महामन्त्री मनीष सुमनका अनुसार धरानबाट काठमाडौंमा ल्याउँदा हेलिकोप्टरको भाडा पार्टीले तिरेको हो ।