सुर्खेत, ३१ असार । सुर्खेतमा
असार २३ गते साँझ काठे पुलबाट खोला तर्दै गर्दा खोलामा खसेर बेपत्ता भएका बाबुछोरीको नौ दिन बितिसक्दा पत्तो लाग्न सकेको छैन ।
विद्यालयबाट छोरीलाई लिएर आएका खगेन्द्र आचार्य छोरीसँगै यहाँको लाटिकोइली र उत्तरगङ्गा गाविस जोड्ने काठे पुलबाट चिप्लिएर बेपत्ता भएका थिए । प्रहरीले व्यापक खोजी गर्दा पनि खगेन्द्र र उहाँकी छोरी मीनालाई फेला पार्न नसकेको जनाएको छ ।
प्रत्येक दिन प्रहरीले खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रानीघाट प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीले खोजी कार्य अझै जारी राखेका छन् । रासस















प्रतिक्रिया