काठमाडौं, १ माघ । तिब्बतको केही स्थानमा बिहीबार शक्तिशाली भूकम्प गएको अर्को दिन शुक्रबार साँझ नेपालमा पनि भूकम्पको धक्का महशुस गरिएको छ ।
दोलखा जिल्लाको जिरी बजार नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शुक्रबार साँझ छ बजेर ५० मिनटमा ४ दशमलव १ म्याग्नेच्यूडको भूकम्प गएको हो ।
जिरीमा गएको भूकम्प वैशाख १२ गतेको परकम्पन रहेको केन्द्रले जनाएको छ । जिरीमा गएको भूकम्पको धक्का राजधानीमा पनि महशुस गरिएको थियो ।
बिहीबार मात्रै तिब्बतका विभिन्न स्थानहरूमा भूकम्प गएको थियो ।












प्रतिक्रिया