काठमाडौं, १ माघ । बरिष्ठ पत्रकार टंक पन्तलाई गोबिन्द बियोगी बिशेष पत्रकारिता पुस्कारबाट सम्मान गरिने भएको छ ।
सम्पादक समाज कार्यसमितिको बैठकले पुरस्कार छनोट समितिको सिफरिशलाई अनुमोदन गरेको समाजका महासचिव श्याम डोटेलले बताए ।
त्यसैगरी गोबिन्द बियोगी पत्रकारिता पुरस्कार तरुणका सम्पादक परशु घिमिरेलाई प्रदान गरिनेछ । समाजले शनिबार बिहान ११ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बिशेष कार्यक्रम गरी सूचना तथा सचारमन्त्री शेरधन राईमार्फत पुरस्कार प्रदान गर्ने छ ।
पन्तको सछिप्त जानकारी
०४८ साल देखि दैनिक समाजबाट पत्रकारिता प्रारंभ गर्नुभएका बरिष्ठ पत्रकार टंक पन्तले दैनिक समाजमा गर्दा गर्दै पछिल्लो समयमा मातृभुमि साप्ताहिक र प्रजातन्त्र साप्ताहिकमा पनि आबद्ध भएर काम गर्नुभयो । ०५२ साल पुस २७ गतेबाट प्रकाशन प्रारभ भएको नेपाल समाचार दैनिकमा प्रकाशन हुनुभन्दा दुई दिन अघि अर्थात पुस २५ गतेबाट आबद्ध हुनुभएका पन्तले सो पत्रिकामा दुई दशक बढी बिताउनुभयो । उहाले सहसम्पादक , प्रमुख समाचारदाता , डेस्क इञ्चार्ज , बरिष्ठ सहसम्पादक , समाचार सम्पादक हुदै सम्पादक समेतको जिम्मेबारी निर्बाह गर्नुभएका पन्तले रत्नराज्य क्याम्पसमा पढाईसगै पत्रकारिता प्रारभ गर्नुभएको थियो ।
नेपाल समाचारपत्र दैनिकको महत्वपुर्ण जिम्मेबारीमा हुदा हुदै पन्तले नेपाल टेलिभिजनको सचालक समितिको सदस्यका रुपमा तोकिएको समयअबधि भरि आपनो भुमिका निर्बाह पनि गर्नुभयो । टेलिभिजनमा रहंदा उहाले निर्बाह गर्नुभएको रचनात्मक भुमिका प्रति टेलिभिजन परिबारले सधै सम्झने गरेको छ ।
त्यसैगरी सिटीजन एफएम रेडियोमा समेत बिहानीको बहस कार्यक्रम सचालन गर्नुभएका बरिष्ठ पत्रकार पन्तले २४ बर्षको पत्रकारिता बढी राजनीतिक बिषयमा गरेको देखिएपनि सामाजिक न्याय , लैगिक समानता र बिकासका लागि पनि उत्तिकै कलम चलाउनुभयो, महिला अधिकारका बिषयमा निरन्तर कलम चलाएको कारण पनि उहालाई कुनै कुनै महत्वपुर्ण समारोहमा महिला पत्रकार भन्ने पनि गर्छन ।
श्रीमती मीना शर्मा, छोरी इशिका पन्त र छोरा इशान पन्त रहेको सानो सखी परिबारमा रहनुभएका पन्तले केही समय यतादेखि चक्रपथ अनलाइन पत्रिकामा सल्लाहकार सम्पादकको रुपमा पनि भुमिका निभाइरहनुभएको छ ।












प्रतिक्रिया