१ कार्तिक २०८३, आइतबार

व्यवस्थापिका संसदमा बजेटमाथिको छलफल शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepal

काठमाडौँ , ३१ असार । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. रामशरण महतले पेश गरेको बजेटका सम्बन्धमा व्यवस्थापिका संसदमा मंगलवारबाट छलफल सुरु भएको छ ।

बजेटबारे छलफल गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. रामशरण महतले आर्थिक सम्बन्धी कानूनहरु पुराना भएकाले सरकारले नीतिमा हस्तक्षेप गर्नुपर्ने बताउनु भएको छ । उ

हाँले संसदमा बोल्दै विद्युत, उद्योग, लगानी, वित्तीय, बैंकिङ, सहकारीलगायतका क्षेत्रमा कानूनहरु पुराना भइसकेको दाबी गर्नुभयो । समाज कल्याणका लागि आर्थिक वृद्धि आवश्यक रहेको तर्क गर्नुभयो । राजस्व वृद्धि गर्नुपर्ने उहाँको सुझाव थियो ।

उहाँले बजेटप्रति सभासदको सकारात्मक धारणा रहने आशा पनि व्यक्त गर्नुभयो ।