१४ कार्तिक २०८३, शनिबार

काँग्रेस महाधिवेशनको उद्घाटन दशरथ रङगशालामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congres-3

काठमाडौँं । १ माघ । नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनको उद्घाटन समारोह राजधानीस्थित दशरथ रङगशालामा हुने भएको छ ।

आउँदो फागुन २० गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्र दशरथ रङगशालामा गर्नेगरी रङगशाला बुकिङ गरिसकिएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक तथा नेपाली काँग्रेस काठमाडौँंका जिल्ला सभापति भीमसेनदास प्रधानले जानकारी दिनुभयो ।

उहाँले यसअघिको १२ औं महाधिवेशन खुलामञ्चमा गरिएपनि यसपटक भने खुलामञ्चमा भूकम्पका कारण भत्किएका भौतिक संरचनाका अवशेष थुप्र्याइएकाले रङगशालामा गर्नुपर्ने भएको बताउनुभयो ।

रङगशालामा महाधिवेशन उद्घाटन समारोह भएपछि बन्दसत्र भने भृकुटीमण्डपमा गरिने भएकाले भृकुटीमण्डपसमेत बुकिङ गरिसकिएको समितिका संयोजक प्रधानले जानकारी दिनुभयो ।

“भृकुटीमण्डपमा काँग्रेस महाधिवेशनको बन्दसत्र गर्ने भनेर बुकिङ त गरिसकिएको छ, तर त्यहाँको साउण्ड सिस्टम राम्रो नभएकाले त्यसको विकल्पको खोजी पनि भइरहेको छ”, उहाँले भन्नुभयो । नेता प्रधानले दशरथ रङशालामै राम्रो खालको टेण्ट टाँगेर गर्ने की भन्नेबारेमा पनि छलफल भइरहेको बताउनुभयो । यसअघि एमालेको महाधिवेशनमा पनि बन्दसत्र भृकुटीमण्डपमै भएको थियो ।

आगामी फागुन २० उद्घाटन गरी २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनको तयारीका लागि विभिन्न चरणमा छलफल तथा परामर्श पनि भइरहेको व्यवस्थापन समितिका संयोजक प्रधानले बताउनुभयो । काँग्रेसको महाधिवेशनका लागि केन्द्रीय समितिले १३ वटा समिति बनाएको छ । रासस