१४ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिद्वारा मकर सङ्क्रान्तिमा दिवाभोज, ग्रहण गर्न प्रचण्डदेखि महन्थ ठाकुरसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sital-nibasकाठमाडौ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्तिको अवसरमा आज व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवासमा दिवाभोजको आयोजना गर्नुभयो ।

त्यसअवसरमा राष्ट्रपतिले माघी पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो । राष्ट्रपतिले माघी पर्वको अवसरमा संसदमा प्रतिनिधित्व गरेका दलका नेतालाई सदम्पति दिवाभोजका लागि आमन्त्रण गर्नुभएको हो ।

“कार्यक्रममा शुभकामना आदानप्रदान भयो,’’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पाटीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनी, जनजागरण पार्टी नेपालका अध्यक्ष लोकमणि ढकाललगायत सहभागी हुनुहुन्थ्यो । रासस