१ कार्तिक २०८३, आइतबार

नेपाल ओली दुबै जर्मनी बन्ने ध्यानमा, को बन्ला अर्जेन्टिना !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-KP-Oli

काठमाडौं, ३१ असार । विश्वकपको रन्को भर्खर मात्र सकिएको छ । विश्वकै ध्यान केन्द्रित भएको विश्वकपले जर्मनीको पोल्टामा उपाधी थमाउँदै चार वर्षका लागि विदा भएको छ ।

नेकपा एमालेको नवौँ महाधिवशेनको रन्को सकिन भने अझै एक दिन प्रतिक्षा गर्नु पर्ने भएको छ । जित कसको पोल्टामा पु्ग्ने हो त्यो प्रतिक्षाको विषय बनेको छ । तर, दशरथ रंगशालामा जारी नेकपा एमालेको मतगणनाले अध्यक्षका उम्मेद्वार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुबै जनालाई भने चुनाव जित्नेमा ढुक्क बनाएको छ ।

मतगणनाका क्रममा अध्यक्षका प्रत्यासी नेपाल र ओली दुबैको केही मत मात्र फरक देखिएपछि दुबै जना आफू चुनाव जित्नेमा ढुक्क देखिनु भएको हो । अध्यक्षका प्रत्यासी नेपालले आफु चुनाव जित्नेमा ढुक्क रहको प्रतिक्रिया दिनुभयो । मंगलबार मतगणना शुरु हुनै लाग्दा खाना खान बाहिर निस्किएका बेला उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

ओलीको प्रभाव रहेको गण्डकी र लुम्बिनीबाट ओलीले ७० मत भन्दा बढीले अग्रता लिए पनि जित्ने नेपाल पक्षको दाबी छ । यता केपी ओली पक्षले पनि मंगलवारको मतगणनामा ओलीले अग्रता लिँदै एक सय भन्दा बढी मतले जित्ने दाबी गरेको छ ।

गणना हुँदै गरेको ४ नम्बर बुथको गणनाबाट कसले जित्ने भन्ने टुङ्गो लाग्ने छ । ४ नम्बर बुथमा गण्डकी, धौलागिरी, लुम्बिनी र राप्ती अञ्चलको भोट छ । ५ नं. बुथमा भने नेपाल पक्षले आफ्नो पकढ बलियो रहेको दाबी गरेको छ । जम्मा ८ सय ६४ मत गन्न बाँकी रहेको अवस्थामा कसले चुनाव जित्ने हो त्यो फैसला हुन बाँकी छ ।