
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले एमाओवादीलाई मधेस आन्दोलनसँगको सम्बन्धबारे चासो राखेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री चेन फेङ सियाङले एमाओवादी स्थायी समिति सदस्य वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटासँग बिहीबार बेइजिङमा भएको डेढ घन्टा लामो छलफलमा मधेस आन्दोलनसँगको सम्बन्धबारे जिज्ञासा राखेका हुन् ।
‘मधेसी दल र एमाओवादीको सम्बन्ध कस्तो हो ?’ चेनलाई उद्धृत गर्दै सापकोटाले भने, ‘मधेसी दललाई सहमतिमा ल्याउन शीर्ष नेतृत्वले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?’
मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभावबारे पनि चेनले सापकोटासँग जिज्ञासा राखेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया