काठमाडौँ । मुलुकको प्रधानमन्त्री पदमा छन्, एमाले अध्यक्ष केपी शर्मा ओली । उनी कहिले एकवर्षमा लोडसेडिङ अन्त्य गर्ने बकबास गर्छन् त कहिले हरेक घर घरमा ग्यासको पाइप फिट गरिने उडन्ते घोषणा गर्छन् । जनता भूकम्पका कारण मरिरहेका छन् । जनता नाकाबन्दीको मारमा परेका छन् ।
जनतालाई राहत दिनु त कता हो कता उडन्ते र पुग्दै नपुग्ने कुरा गरेर ओलीले प्रधानमन्त्री पदको मर्यादा समेत राख्न सकेका छैनन् । उनको उडन्ते बोली र उडन्ते तरिकाले मुलुकको प्रधानमन्त्री हुन् कि हास्य श्रृखलाका पात्र हुन् भन्ने छुट्टयाउन नै सकिएको छैन । हास्य कार्यक्रमको पात्रभन्दा फरक नदेखिने गरी ओली सार्वजनिक कार्यक्रममा प्रस्तुत भएका छन् ।
उनले आफ्नो पद र मर्यादालाई भुलेर चटके शैलीमा प्रस्तुत भएका छन् । एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने हावादारी घोषणा गरेको एक महिना नबित्दै उनले अर्को हावादारी कुर्तक गरे – सिलिण्डरको जमाना सकियो, अब घर घरमा ग्यासको पाइप लाइन जोडिदिन्छु । सरकार गठन भएको एकसय दिन पुग्यो, तर ओली हरेक कार्यक्रममा उडन्ते तर्क गरेर समय ब्यतीत गरिरहेका छन् । कुनै योजना छैन, कुनै कार्यक्रम छैन । उखान टुक्का र चटेक शैलीले मुलुक चल्दैन, नाकाबन्दी खुल्दैन भन्ने विषयलाई उनले बुझेका छन् कि छैनन् त्यो भने थाहा हुन सकेको छैन । उनी त चट्के र उडन्ते भए भए, मन्त्री पनि उस्तै देखिएका छन् ।
खानेपानीको समस्या छ, जनता पीडामा छन् । तर, उनका मन्त्रीमण्डलमा सहभागी प्रेमबहादुर सिंह, विश्वेन्द्र पासवान जस्ता नौटकी मन्त्रीको चाल ढाल पनि ओलीको भन्दा फरक छैन । हल्का कुरा गर्ने, गलत विषय उचाल्ने तथा मनलाग्दी तर्क गर्दै बसेका छन् । कतिपय आलोचकले त उनलाई दिमागी सन्तुलन समेत बिग्रिएको बताउन थालेका छन् । नागरिक समाजका अगुवा समेत बताउने सुन्दरमणि दिक्षितले मृगौाला प्रत्यारोपण गरेको ओलीलाई औषधीको सक्रमणका कारण दिमागमा असर परेकाले जे पायो त्यही बोल्ने गरेको आरोप लगाएका छन् । उनले ओलीलाई मानसिक उपचार गर्न सुझाव समेत दिएका छन् । दिक्षितको सुझाव र ओलीको तरिका हेर्दा कहीँ कतै तालमेल मिलेको जस्तो देखिन्छ ।
एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि प्रधानमन्त्री भएको व्यक्तिले जे पायो त्यही बोल्दै हिँडेको भन्दै सार्वजनिक रुपमा नै आलोचना गरेका छन् । उनीहरुले ओलीको बोली ठेगानामा नभएको भन्दै मुख सम्हाल्न सुझाव दिएका छन् । कम उमेरमा अनुभव नै नभएका सल्लाहकारको भेडीगोठ भेला पारेर ओलीले राज्य कोषको दुरुपयोग गरेका छन् । त्यतिमात्रै होइन, प्रधानमन्त्री कार्यालयका एक उच्च सरकारी अधिकारीकाअनुसार ओलीले एमाले कार्यकर्तालाई रु दश करोड बढी सरकारी राजस्व समेत बाँडीसकेका छन् ।
एमालेमा पनि आफ्ना गुटका कार्यकर्तालाई छानी छानी राज्यकोषमा लुटधन्दा मच्चाएको प्रम कार्यालयले जानकारी दिएको छ । सुशील कोइरालाले २० करोडभन्दा बढी सरकारी कोष कार्यकर्तालाई बाँडेर सिध्याएका थिए । प्रधानमन्त्री भएको तीन महिना नपुग्दै ओलीले करिब १० करोड रकम बाँडी सकेका छन् । उखान टुक्का र उडन्ते तर्क गरेर समय ब्यतीत गरेका ओलीको कार्यशैली पूर्णतः गलत भएको भन्दै खनाल, नेपाललगायतका नेताले विरोध सुरु गर्नु र सुन्दरमणिहरुले मानसिक उपचार गर्नुपर्ने सुझाव दिनुले ओली पूर्णतः मानसिक रोगी भएकै हुन् कि भन्ने आशंका आम जनमानसले समेत गर्ने गरेका छन् ।
त्यसो त हाँस्य कलाकारहरुले समेत आफूहरुले गर्ने काम ओलीले गरिदिएको भन्दै सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा हाँस्य कलाकारले मात्रै नभई सामान्य नागरिकले समेत ओलीको चर्को आलोचना गरेका छन् ।
ओलीले बोलीमा लगाम नलगाए फड्के किनाराको साक्षी बनेर सरकारमा बसिरहनुको अर्थ नहुने भन्दै सत्ता साझेदार दलले आपत्ति जनाइसकेका छन् । जनआह्वान साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया