काठमाडौँ । सधै घाटाको मात्रै ब्यापार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेको लाचारीको फाइदा उठाएर एमालेनिटकका कर्मचारी संगठनले आतंक मच्चाएका छन् ।
विद्युत् चोरी काण्डमा संलग्न भएका कर्मचारीलाई बचाउन एमालेनिकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी यनियनका अध्यक्ष रामप्रसाद रिमालले कार्यकारी प्रमुख काफ्लेको ज्यान लिने सम्मको धम्की दिएका छन् । उनले काफ्लेलाई कालोमोसो दलेर खेद्ने सम्मको धम्की दिएका छन् । रिमाल नेतृत्वमा एमालेका आयातीत कर्मचारी बोलाएर काफ्लेलाई धम्की दिएका थिए ।
त्यसो त भारतीय योजनामा चल्ने काफ्लेको गतिविधि पनि पनि शंकास्पद रहेको छ । उनले भारतको योजनामा मात्रै काम गर्ने गरेका छन् । उनले प्राधिकरणका काँग्रेसी कर्मचारीसँग मात्रै कुराकानी गर्ने र उनीहरुको योजनामा मात्रै काम गरेको भन्दै रिमाल समूह आक्रोशित भएका हुन् ।
काफ्लेलाई पहिल्यै कारवाही गरौं भनेर सबै कर्मचारीले आग्रह गर्दा एमालेनिकट कर्मचारी संगठनका अध्यक्ष रिमालले ‘हाम्रो सरकार छ, मन्त्री हाम्रै छिन्, अहिले केही पनि नगरौं’ भन्दै पछाडि हट्ने गरेका थिए । तर अहिले उनै रिमाल काफ्लेको खेदो खन्न थालेका छन् । ‘काफ्लेलाई कारवाही गर्ने भए गर होइन भने हामी कालोमोसो दलेर खेद्छौं’ भन्दै रिमालको समूह ऊर्जामन्त्री टोपबहादुर रायमाझीसम्म पनि पुगेको प्राधिकरण स्रोतको दाबी छ ।
तर, काफ्लेलाई देखी नसहनुको कारण भने भ्रष्ट एक कर्मचारीलाई काफ्लेले कारवाही गर्न खोजेकै कारण रिमाल आक्रोशित भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत छानबिनमा परेका रिमाल र विद्युत् चोरीमा संलग्न एमालेनिकटका कर्मचारीलाई जोगाउन रिमाल समूह हात धोएर लागेका छन् ।
काफ्लेले नराम्रो काम गर्नेलाई कारवाही गरेरै छाड्ने अड्डी लिएपछि एमाले निकटका कर्मचारीहरु आक्रोशित भएका हुन् । एमाले कर्मचारीकै उक्साहटमा चिलिमे जलविद्यत् आयोजनामा आन्दोलत गरिएको छ । चिलिमेमा आन्दोलन गर्ने एमालेनिकट कर्मचारी हुन् भने त्यसको प्रचार प्रसारको जिम्मा भने प्रधानमन्त्री निवास बालुवाटारले लिएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहाल सिंहले सञ्चार माध्यमलाई इमेल गरेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए । ओलीका सल्लाहकार दाहालले यही पुस २७ गते सञ्चार माध्यमलाई इमेल गरेर चिलिमे जलविद्युत् आयोजनामा भइरहेको आन्दोलनको बारेमा जानकारी गराउँदै सहभागी हुन आग्रह गरेका थिए ।
ओलीको योजनामा नै चिलिमेमा आन्दोलन भएपछि एक वर्षभित्रमा लोडसेडिङ अन्त्य होला नि भन्दै प्राधिकरणका प्रमुख काफ्ले भने हाइ काढेर बस्ने गरेका छन् । काम नभएपछि काफ्ले ऊर्जा मन्त्री रायमाझी र प्रधानमन्त्री ओलीको सत्तोसराप गर्दै बस्ने गरेको उनको सचिवालयका एक कर्मचारीले टेलिफोनमा बताए । उनले नाम नलेखिदिन आग्रह गर्दै भने, ‘काफ्ले दुई–चार वर्ष बस्ने हो भने नेपाल विद्युत् प्राधिकरण इतिहासको पानामा मात्रै खोज्नुपर्ने हुन सक्छ । तर ऊर्जा मन्त्री रायमाझीले भने उनलाई नै प्राधिकरणको प्रमुख पद अभयदान दिएका छन् ।’ जनआह्वान साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया