काठमाडौं, १ माघ । काठमाडौं उपत्यकाभित्र अबको १२ वर्षपछि भुस्याहा कुकुर लोप हुने अवस्थामा पुग्नेछ । भुस्याहा कुकुर लोप पार्ने अभियानको अगुवाई काठमाडौं महानगरपालिकाले थाल्ने भएको छ ।
महानगरभित्रका छाडा कुकुरको स्थायी बन्ध्याकरण गरिने भएपछि उपत्यकाभित्रका भुस्याहा कुकुर लोप हुने अवस्थामा पुग्ने भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
काठमाडौं महानगरपालिकाले छाडा कुकुरको सामूहिक बन्ध्याकरण गर्न लागेको हो ।
यसका लागि तीन करोड बजेट बिनियोजन भइसकेको छ । जसमा महानगरपालिकाको खर्च पाँच प्रतिशत हुनेछ । बाँकी ९५ प्रतिशत अमेरिकी संस्था ह्युमेन सोसाइटी इन्टरनेसनलले खर्च गर्नेछ ।















प्रतिक्रिया