पोखरा, ३० पुस । गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिलेको नाकाबन्दीबाट कसैले पनि कालोबजारी र तस्करी गरी अनुचित फाइदा नलिओस् भनेर सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि युनाईटेड क्लब पोखराले आजदेखि अमरसिंह चौरमा सुरु गरेको छैटौँ पोखरा महोत्सवको उद्घाटन गर्दै उहाँले यस्ता विकृति नियन्त्रण गरी अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण भएको उल्लेख गर्नु भयो ।
उहाँले केही दिनपछि आपूर्तिमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
संविधानसभाबाट जारी भएको संविधान विश्वमै लोकतान्त्रिक र समावेशी भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो संविधानमा चित्त नबुझेका कुरा संशोधनबाट परिवर्तन गर्न सकिन्छ, परिवर्तनका लागि अब कसैले पनि सडक सङ्घर्ष र हतियारको राजनीति गर्नु पर्दैन अब कसैले पनि सडक सङ्घर्ष र हतियारको राजनीति गर्नु पर्दैन ।












प्रतिक्रिया