१४ कार्तिक २०८३, शनिबार

बहुविवाह गर्नेलाई कैद सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marriageइलाम, ३० पुस । बहुविवाह गरेको आरोपमा तीन महिनाअघि पक्राउ परेका दम्पतीलाई जिल्ला अदालत इलामले आज जनही एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले बहुविवाह गर्ने इभाङ–४ का रन्धोज लिम्बू र कान्छी पत्नी फूलमाया राईलाई मुलुकी ऐन विवाहबारी महल ९ बमोजिमको कसूर गरेको पुष्टि गर्दै सोही महलको १० नं बमोजिम एक/एक वर्ष कैद र पाँच/पाँच हजार जरिवानाको फैसला सुनाएको अदालतका नायब सुब्बा रबिन अधिकारीले जानकारी दिनुभयो ।

रन्धोजकी जेठी पत्नी पेमबेन हाङमा लिम्बूले उनीहरूविरुद्ध मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । रासस