१४ कार्तिक २०८३, शनिबार

नेपाल आएर विद्यालय भवन निर्माणमा विदेशी पर्यटक (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DhangaDHI-School-nirman

धनगढी, ३० पुस । विभिन्न देशबाट आएका १८ जना विदेशी पर्यटकहरू कैलालीको रतनपुर गाविस–६, छटकपुर बसन्तास्थित बागेश्वरी प्राथमिक विद्यालयको भवन निर्माणमा जुटेका छन् ।

अमेरिका, फ्रान्स र बेलायतबाट आएका १८ जना विेदशी पर्यटकहरू चार दिनदेखि बागेश्वरीको विद्यालय भवन निर्माणमा श्रमदान गरिरहेका छन् । उक्त विद्यालयमा समुदायसँगको साझेदारीमा विल्ड अन नेपालको सहयोगमा ३ कोठे पक्की भवन निर्माण भइरहेको छ ।

अमेरिकाका १३, ३ जना बेलायत र २ जना फ्रान्सका पर्यटकहरूले पुस २७ गतेदेखि भवन निर्माणमा श्रमदान गरिरहेको बिल्ड अन नेपाल ट्रेक कोर्डिनेटर झरना बमले जानकारी दिइन । उनीहरूसँगै स्थानीय बासिन्दाहरू पनि भवन निर्माणमा जुटेका छन् ।

फन्ट कलेक्सन गरेर विभिन्न देशमा विद्यालय भवन निर्माणका लागि सहयोग गर्दै आएका उनीहरूले बागेश्वरी प्राविको भवन निर्माणका लागि पनि फन्ट कलेक्सन गरेका थिए । जुन रकम बिल्ड अन नेपालमार्फत परिचालन भएको छ, भने फन्ट कलेक्सन गर्नेहरू मध्ये १८ जना नेपाल आएका हुन् ।

अमेरिकाबाट आएका मार्कले भने–‘शिक्षाले विकास हुन्छ । बच्चाहरूको भविष्य उज्जवल भएको हेर्न चाहान्छौं ।’ आफूलाई नेपाल निकै रमाईलो लागेको बताउदै मार्कले भने–‘घुम्न आएका बेला केही घण्टा काम गरे चाँडै भवन निर्माण हुन्छ भनेर सहयोग गरेका हौं ।’

टे«क कोर्डिनेटर बमका अनुसार उनीहरू दैनिक चार घण्टा भवन निर्माणका लागि श्रमदान गर्छन, भने बाँकी समय कला, सँस्कृतिबारे जानकारी लिन्छन ।

पुस २६ गतेबाट विद्यालय भवन निर्माण शुरु भएकोमा ९० दिन भित्र सम्पन्न हुने जनाइएको छ ।

ग्रामीण समुदायमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले संचालित प्राथमिक विद्यालयको भवन निर्माण कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा भवन निर्माण भइहेको ट्रेक कोर्डिनेटर बमले जनाइन् ।

DhangaDHI-School-nirman-1 DhangaDHI-School-nirman-2 DhangaDHI-School-nirman-3 DhangaDHI-School-nirman-4 DhangaDHI-School-nirman-5