१४ कार्तिक २०८३, शनिबार

उत्तरी पर्वतमा हतियारसहित दुई युवा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarफलेवास (पर्वत), ३० पुस । उत्तरी पर्वतको लेखफाँट गााविसका दुई युवा हतियारसहित पक्राउ परेका छन् ।

वन्यजन्तु सिकार गर्न हिँडेका बेला दुई थान भरुवा बन्दुकसहित उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा लेखफाँट गाविस–१ का २४ वर्षीय लोकबहादुर नेपाली र सोही स्थानका १७ वर्षीय दिनेश सार्की रहेका छन् ।

जिल्लाका विभिन्न स्थानमा घरेलु अवैध हतियारको प्रयोग गरी वन्यजन्तु तथा पशुपक्षीको सिकार गरेको भन्ने सूचनाको आधारमा लेखफाँट प्रहरी चौकीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताउनुभयो । रासस