१४ कार्तिक २०८३, शनिबार

पोल गाडेको चार वर्षसम्म पनि बत्ती बलेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalबैतडी, ३० पुस । बैतडीको सिद्धेश्वर गाविसको बजौटेमा पोल गाडिएको र तार तानिएको वर्षौं भइसक्दा पनि विद्युत् पुग्न सकेको छैन ।

करिब चार वर्ष पहिले नै उक्त ठाउँमा विद्युत्को पोल गाडिएको र तार तानिएको भए पनि हालसम्म बत्ती नबलेकाले स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

गाविसको वडा नं ३, ४ र ९ मा विद्युत् ल्याउन कुनै पहल नगरेकाले अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासी नवीन विष्टले बताउनुभयो ।

विष्टका अनुसार गाडिएका पोल र तानिएका तार पनि व्यवस्थित नभएको बताउनुभयो । “चार वर्ष भइसक्दा पनि अहिलेसम्म सम्बन्धित निकायले कुनै पहल गरेन” उहाँले भन्नुभयो – “अन्धकारमा बस्न बाध्य छाँै ।”

आफूहरुले विद्युत् ल्याउन राजनीतिक दललगायत सरोकारवालालाई जानकारी गराएको भए पनि सुनुवाइ नभएको समेत उहाँले बताउनुभयो । रासस