
रुपन्देही, २९ पुस । रुपन्देहीमा एक अधवैशे महिलालाई रक्सीको नशा लागेपछि मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी सुतेकी बुटवल उपमहानगरपालिका–६ आदर्शनगरस्थित एचिभर्स कलेजको निर्माणाधिन भवनमा लेवर काम गर्ने ४५ वर्षीया निर्मला रैदासको बुधबार खाडलमा खसेर मृत्यु भएको हो ।
रक्सीको नशामा मात्तिएर लरबराएर हिडिरहेका बेला उनी निर्माणाधिन भवनको नजिकैको खाल्डोमा खसेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया