३० आश्विन २०८३, शुक्रबार

फेरि घट्यो सुनको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Big Set of Gold bars. Close up Image

काठमाडौं, २८ पुस । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव जारी रहँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य ४९ हजार ४ सय ५० रुपैयाँ छ ।

सोमबार सुन प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । मंगलबार प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।