१ कार्तिक २०८३, आइतबार

एमालेमा को-को नेताको जित सुनिश्चित देखियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, ३१ असार । एमालेको जारी महाधिवेशनमा नेताहरु प्यानलै बनाएर चुनाव लडेपनि परिणाम भने मिश्रित आउने देखिएको छ ।

अहिलेसम्मको मत प्रकृति हेर्दा उपाध्यक्ष र सचिवमा मिश्रित परिणाम आउने देखिएको हो ।

खासगरि, सचिवमा गोकर्ण विष्ट र प्रदीप ज्ञवाली निकै लोकप्रिय देखिएका छन् । विष्टले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पारेका छन् । विष्ट र ज्ञवाली दुवै गुल्मीका हुन् । ज्ञवाली एमालेमा वैचारिक रुपमा सशक्त नेता मानिन्छन् भने युवा संघका पूर्व अध्यक्ष समेत रहेका विष्ट उर्जा मन्त्री भएर लोकप्रिय बनेका हुन् । अहिलेसम्म यी दुई नेताको जित सुनिश्चितझैं देखिएको छ ।

उपाध्यक्षमा माधव नेपाल समूहबाट युवराज ज्ञवालीको बलियो सम्भावना देखिएको छ । यस्तै, भीम रावल र अष्टलक्ष्मी शाक्यमध्ये एक जना आउन सक्ने सम्भावना पनि छ ।

केपी ओली समूहबाट वामदेव गौतम, विद्या भण्डारी सशक्त दाबेदार देखिएका छन् ।

महासचिवमा प्रतिस्पर्धा भएपनि इश्वर पोखरेलले जित्ने सम्भावना बढी देखिएको छ ।

उपमहासचिवमा विष्णु पौडेल, घनश्याम भुसाल र शंकर पोखरेलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, सचिवमा गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्बीसुब्बा गुरुङ र विष्णु रिमालको सम्भावना छ ।

अध्यक्ष, उपाध्यक्षमा तीन, महासचिव, उपमहासचिव र सचिवमा तीन जनाले आफ्नो पक्षबाट जित्ने ओली समूहले दाबी गरेको छ ।