१ कार्तिक २०८३, आइतबार

संविधान मस्यौदा समितिको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-BIG-Picture

काठमाडौँ, ३० असार । संविधान मस्यौदा समितिको आइतवारको बैठकमा समितिअन्तर्गत गठित पाँचवटा उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

समितिका सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको सो बैठकमा उपसमितिका संयोजकले प्रस्तुत गरेको प्रगति विवरणका सम्बन्धमा विभिन्न सदस्यले आआफ्नो विचार व्यक्त गर्नुभयो ।

बैठकले समितिका सदस्य डिलबहादुर नेपाली हृदयाघात भई उपचारका लागि अस्पताल भर्ना हुनुभएकाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।