२९ आश्विन २०८३, बिहिबार

मतगणनाको ताजा परिणामः नेपालको करीब ५० मतले अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli & Mahav Nepal

काठमाडौँ, ३० असार । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना दोस्रो दिन पनि जारी छ । दोस्रो दिनको मतगणनामा वरिष्ठ नेता माधवकुमार नेपालले अग्रता लिनु भएको छ ।

पछिल्लो जानकारी अनुसार वरिष्ठ नेता माधव नेपालले ६४० मत प्राप्त गर्नुभएको छ ।

मतगणना भएको पहिलो दिन ५१ मतले पछि पार्नु भएका संसदीय दलका नेता केपी ओली अहिले नेपाल भन्दा झण्डै ५० मतले पछि पर्नु भएको छ । उहाँले पछिल्लो जानकारी अनुसार ५९३ मत ल्याउनु भएको छ ।

बुथ नंं १ को मतगणना आइतवार गणना गरिसकेपछि सोमवार दुई बुथका मतपेटिका खोलिएको हो। सोमावार ९ बजेवाट गणना शुरु दुई र तीन नम्बरका बुथमा मेची, कोशी र सगरमाथा अञ्चलका साथै बिभिन्न जनसंगठन र धनुषा जिल्लाका केही मत छन् ।

भूमिहीन किसान महासंघ, अपांग संघ, मुक्ति समाज, खेलकुद महासंघ, भूपू सैनिक, प्रेस चौतारी, बुद्धिजिवी, अञ्चल सम्पर्क मञ्चका मत २ नं. बुथमा छन् ।
जनकपूर, नारायणी, बामगती र काठमाडौंको आधा तथा उपत्यकाका बाँकी मत ३ नम्बर बुथमा छन् ।
कसको कति मत ?
अध्यक्ष, माधवकुमार नेपाल–६४० केपी शर्मा ओली–५९३
उपाध्यक्ष नेपाल र ओली समूह
युवराज ज्ञवाली–६८८ ,बामदेव गौतम–६३६,अष्टलक्ष्मी शाक्य–६७३,विद्यादेवी भण्डारी–६३०,भिम रावल–६९०,प्रदीप नेपाल–५८०,राजेन्द्र पाण्डे–६६३,किरण गुरुङ–५५२ ,लालबाबु पण्डित–६५५,धर्मनाथ साह–५४४
महासचिव नेपाल र ओली समूह
सुरेन्द्र पाण्डे–६६२,ईश्वर पोखरेल–५६६
उपमहासचिव नेपाल र ओली समूह
रघुजी पन्त–६३२,विष्णु पौडेल–६१८,घनश्याम भुसाल–६९४ ,शंकर पोखरेल–५५१
सचिव नेपाल रओली समूह
गोकर्ण विष्ट–७७६,प्रदीप ज्ञवाली–६४१,योगेश भट्टराई–६८७,पृथ्वी सुब्बा गुरुङ–५८२ ,भीम आचार्य–६६४,विष्णु रिमाल–५७१,बेदुराम भुसाल–६३०,रघुवीर महासेठ–५०५,पर्शुमेघी गुरुङ–६६२ ,केशवलाल श्रेष्ठ–५०५ ।
नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना दोस्रो दिन पनि जारी छ । दोस्रो दिनको मतगणनाको प्रारम्भिक चरणमै वरिष्ठ नेता माधवकुमार नेपालले अग्रता लिन थाल्नु भएको जानकारी प्राप्त भएको छ ।

प्यानल भोटमा हालसम्म माधव नेपालले १७१ र केपी ओलीले १२३ मत र मिश्रति मतदान भएका १ सय ४० मतपत्रमा पनि नेपालले नै केही अग्रता लिएको मतगणनास्थलबाट एक नेताले जानकारी दिए ।  नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना दोस्रो दिन पनि जारी छ ।

बुथ नंं १ को मतगणना आइतवार गणना गरिसकेपछि सोमवार दुई बुथका मतपेटिका खोलिएको हो। सोमावार ९ बजेवाट गणना शुरु दुई र तीन नम्बरका बुथमा मेची, कोशी र सगरमाथा अञ्चलका साथै बिभिन्न जनसंगठन र धनुषा जिल्लाका केही मत छन् ।

भूमिहीन किसान महासंघ, अपांग संघ, मुक्ति समाज, खेलकुद महासंघ, भूपू सैनिक, प्रेस चौतारी, बुद्धिजिवी, अञ्चल सम्पर्क मञ्चका मत २ नं. बुथमा रहेका छन् ।

जनकपूर, नारायणी, बामगती र काठमाडौंको आधा तथा उपत्यकाका बाँकी मत ३ नम्बर बुथमा छन् । तुलनात्मक रुपमा वरिष्ठ नेता माधव नेपाल पक्षले धेरै अपेक्षा गरेको यी बुथको परिणामपछि जित–हारको अनुमान गर्न सकिने नेपाल पक्षीय नेताले बताएका छन् ।

आइतवार भएको १ नम्बर बुथको गणनामा संसदीय दलका नेता केपी शर्मा ओलीको प्यानलले नै अग्रता लिएको थियो । नेपाल समूहले जीत सुरक्षित गर्न बुथ नं. २ र ३ बाट निक्कै अग्रता लिनुपर्ने हुन्छ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि यही असार २६ गते भएको निर्वाचनको पछिल्लो परिणामअनुसार अध्यक्षमा नेता केपी शर्मा ओली समूहको अग्रता कायमै छ ।

ओलीले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ । उहाँसँगै माधवकुमार नेपाल समूह पनि आइरहेको छ । बुथ नं १ केन्द्रीय कमिटी, निकाय र जनसङ्गठनको मतगणनामै आजको दिन बितेकाले पूर्ण परिणाम सोमबार रातिसम्ममा आउने अनुमान गरिएको छ ।

मतगणना आज मध्याह्न १२ बजेदेखि सुरु भएको थियो । अध्यक्षका उम्मेदवार ओलीले २२४ र अध्यक्षका अर्का प्रत्याशी नेपालले १७३ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षमा केही मत खाली छन् । उपाध्यक्षमा वामदेव गौतम २४५, विद्यादेवी भण्डारी २३९ प्रदीप नेपाल २०८, धर्मनाथप्रसाद साह १९९, किरण गुरुङ २१५, अष्टलक्ष्मी शाक्य १९५, युवराज ज्ञवाली १७७, भीमबहादुर रावल १८३, लालबाबु पण्डित १७४ र राजेन्द्रप्रसाद पाण्डेको १७९ मत छ ।

महासचिवमा ईश्वर पोखरेलको २१९ र सुरेन्द्रप्रसाद पाण्डेको १९१ तथा उपमहासचिवमा विष्णुप्रसाद पौडेलको २४४, शङ्कर पोखरेलको २२२, घनश्याम भुसालको १९६ र रघुजी पन्तको १७० मत प्राप्त भएको छ ।

सचिवमा प्रदीप ज्ञवाली २४७, गोकर्ण विष्ट २२९, पृथ्वीसुब्बा गुरुङ २२३, विष्णु रिमाल २१७, योगेश भट्टराई १८९, परशुमेघी गुरुङ १९०, भीम आचार्य १९०, केशवलाल श्रेष्ठ १९२, वेदुराम भुसाल १६६, रघुवीर महासेठ १९५ मत पाएका छन् ।