३० आश्विन २०८३, शुक्रबार

टेक्ससको ड्यालसमा वक्तित्वकला हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lions-logo– विकास राज न्यौपाने
टेक्सास । ड्यालस एभरेष्ट लायन्स क्लवले आउने शनिवार जुनियर र सिनियर हाइस्कुलका विद्यार्थीका विच वक्तित्व कला प्रतियोगिता आयोजना गर्ने भएकोछ ।
उक्त वक्तित्वकलाका लागि “द सोसोइकोनोमिक इफेक्ट्स अफ मेरियोना डिक्रिमिनलाइजेशन” अर्थात “गांजा वैध गर्दाको आर्थिक र समाजिक असर”  विषय तोकिएको छ ।
आयोजकले नेपाली समुदाय सवैसंग आफ्ना बालबालिका लाई उक्त प्रतियोगितामा सहभागी गराउन आग्रह गरेका छन् । हामी समुदायलाई विद्यार्थीहरुलाई उक्त कार्यक्रममा सहभागी गराई व्यक्तित्व विकास र आकर्षक पुरष्कार जित्न प्रोत्साहन गर्न अनुरोध गछौ, क्लवका उपाध्यक्ष बिएन पन्तले हिमालय खबर संगको कुराकानीमा बताय  ।
गांजालाई वैध गर्दा यसले समाजमा पार्ने असरका वारेमा प्रतियोगीहरुले विभिन्न पक्षवाट आफ्नो दावीहरु राख्न सक्ने छन् । यसमा जुनियर र सिनियर हाइस्कुलका विद्यार्थीले मात्र सहभागी हुन पाउने छन् । उक्त शिर्षकमा आफ्ना दावीहरु पांच देखि ७ मिनेट भित्र राखिसक्नु पर्ने छ। ड्यालस एभेरेष्ट लायन्स क्लवले तिन जना विजेता छनौट गर्ने छ ।
विजेतालाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने छ । जिल्ला स्तरीय प्रतियोगिता  जित्नेले पहिलो पुरष्कार २ हजार डलर छ । जिल्ला विजेताले राज्य स्तरको प्रतियोगितामा सहभागी हुन पाउने छन् ।