३० आश्विन २०८३, शुक्रबार

देशभर उद्योग स्थापना गर्न सरकारले ल्यायो नयाँ नीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cement-udyoge

काठमाडौं, २५ पुस । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकको समृृद्धिका लागि औद्योगिकीकरण आवश्यक रहेको बताउनुभएको छ ।

“सरकारले देशका हरेक क्षेत्रमा सम्भावनाको खोजी कार्य जारी राखेको छ” वालिङ उद्योग वाणिज्य सङ्घले आज वालिङमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री पाण्डेले भन्नुभयो, “सम्भावनाको पहिचान गरी उद्योग स्थापना गर्ने नीति सरकारले लिएको छ ।”

सरकार औद्योगिक नीति र श्रम नीतिलाई परिमार्जन गर्दै अगाडि बढ्ने तयारीमा रहेको मन्त्री पाण्डेले बताउनुभयो । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा प्राप्त भएको खण्डमा मन्त्रालयबाट आवश्यक बजेट विनियोजन गर्न सरकार तयार रहेको मन्त्री पाण्डेको भनाइ थियो ।

“धेरै देशको संविधान अध्ययन गरेर अहिलेको संविधान जारी गरिएको हो” मन्त्री पाण्डेले भन्नुभयो, “अहिलेको संविधानले सबै क्षेत्रको हक अधिकार सुनिश्चित गरेकाले यो संविधान विश्वकै उत्कृष्ट रहेको छ, अब यसको कार्यान्वयनमा लाग्नु आवश्यक छ ।”

मन्त्री पाण्डेले आँधीखोला जलाशययुक्त जलविद्युत् निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेकाले छिट्टै निर्माण कार्य सुरु हुने विश्वास दिलाउनुभयो । रासस