२९ आश्विन २०८३, बिहिबार

टाउको दुख्छ ? अब सिटामोल होइन् यी घरेलु उपाय अपनाउनुस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

headache

एजेन्सी । टाउको दुख्ने समस्या अधिकांश मानिसमा हुन्छ । यो धेरै कारणले हुने गर्दछ । जस्तै, तनाव, माइग्रने वा निद्रा पुरा नहुनु । तर, कहिलेकाँही यो समस्या गम्भीर हुन जान्छ ।

मानिसहरु टाउको दुख्दा सिटामोल खान्छन् जसले दुखाई त निको पार्छ तर, साइट इफेक्ट पनि पार्छ तर, केही घरेलु उपाय छन् जसले विना कुनै हानी दुखाई ठिक पार्छ र उपाय पनि निकै सजिलो छन् ।

यसबाट आराम पाउनका लागि केही यस्ता घरेलु उपाय जो निकै फाइदाजनक छन्:

– टाउकोे दुखाईबाट राहत पाउनका लागि अदुवाभन्दा राम्रो कुनै बस्तु छैन् । अदुवालाई पानीमा मिसाएर आगोमा उमालेर टाउकोतिर तातो बाफ लिनुस् अथवा सेक्नुस्, तुरुन्तै आराम दिनेछ ।

– यसका साथै अदुवाको रस र कागतीको रस बराबर मात्रामा मिलाएर दिनमा एक वा दुई पटक पिउनुस् ।

– पुदीनाका पातको रस निकालेर निधारमा लगाउनुस्, टाउको दुखाईबाट आराम मिल्नेछ ।

– माइग्रेन(घाटी)को दुखाईमा आइसपैकलाई घाटीको पछाडी राख्नुस् आराम मिल्नेछ ।

– ल्वाङ पिसेर एक कपडामा बाध्नुस् र २÷२ मिनेटको फरकमा नाकबाट बास्ना सुघ्नुस् । जबसम्म आराम मिल्दैन् तबसम्म ।

– स्याउले पनि टाउको दुखाईमा चमत्कारी तरिकाबाट काम गर्छ । स्याउलाई नुनसँग खानुस्, आराम मिल्नेछ ।