१ कार्तिक २०८३, आइतबार

एमाओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वाेच्च अदालतको आदेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bal-Krishna-Dhungelकाठमाडौं, २३ पुस । सर्वोच्च अदालतले एकीकृत नेकपा माओवादीका नेता एवं पूर्वसभासद बालकृष्ण ढुंगेललाई उन्मुक्ती दिन नपाइने फैसला गरेको छ ।

ओखलढुङगाका उज्जन, गणेश श्रेष्ठको हत्या प्रकरणमा सावित्री श्रेष्ठले दायर गरेको मुद्दामा फैसला सुनाउँदै बिहीबार सर्वाेच्चले यसअघि अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कार्यान्वयन हुनुपर्ने भन्दै ढुंगेललाई पक्राउ गर्न आदेश दिएको हो ।

अदालतले ढुंगेललाई आममाफी दिन नमिल्ने फैसला सुनाएको हो । ढुङ्गेललाई तत्कालिन बाबुराम भट्टराईको सरकारले आममाफि दिने निर्णय गरेको थियो।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले श्रेष्ठले दायर गरेको रिटमा ढुंगेललाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आदेश दिएको हो ।

अदालतले धेरै पहिला ढुंगेललाई १० वर्षे द्वन्द्वकालको समयमा ओखलढुगाका उज्जन, गणेश श्रेष्ठको हत्यामा संलग्न रहेको प्रमाणित गरेको थियो र कर्तव्य ज्यान मुद्दामा सर्वोस्वसहित जन्मकैदको सजायँ सुनाएको थियो । तर, एमाओवादीले संरक्षण गरेपछि उनलाई अहिलेसम्म पक्राउ गरिएको थिएन् ।

ढुंगेल अघिल्लो संविधानसभाको सदस्य थिए । उज्जनको हत्या २०५५ असार १० गते ओखलढुंगा-७, तार्केबारीमा भएको हो । अर्का भाई गणेशको पनि उजुरी गरेको आरोपमा गणेशको २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेका बेला रामेछाप, साँघुटारमा गोली हानी हत्या गरिएको थियो ।