
काठमाडौं । प्रयोगकर्ताका लागि फेसबुकका मालिक मार्क जुकरबर्गले अनौठो अफर ल्याएका छन् । उनले आफ्नो ग्रुपमा जोडिएर प्रयोगकर्तालाई आफ्ना अनुभव सुनाउने र उनीहरुका अनुभव सुन्ने योजना ल्याएका हुन् ।
चुनौति पनि: यदि तपाईको दौड्ने बानी छ भने दुनियाँ एक स्टार तपाईको साथी बन्न सक्छन् ।
यो वर्ष (सन् २०१६) फेसबुक फाउण्डर र सीईओ मार्क जकरबर्गले तपाईलाई आफूसँग दौडिने मौका दिएका छन् । जकरबर्गले फेसबुकमा आफ्ना ४.७ करोड फ्लोर्सलाई एक नयाँ चुनौति दिएका छन्, जसको नाम हो ‘रन’ ।
उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्- ‘मलाई वर्ष २०१६ मा पनि शारीरिक रूपमा फिट रहनु चुनौती छ । म यस वर्ष ५८७ किलोमिटरको दौड पूरा गर्नेछु । मलाई खुशी हुनेछ यदि फेसबुक सञ्जालमा आबद्ध मानिस पनि मेरो यो चुनौतिमा मलाई साथ दिनुहुनेछ ।’
जुकरबर्गले यो स्टाटस् एउटा फोटो पनि पोस्ट गरेका छन् । जसमा उनी आफ्ना सहकर्मी क्रिस डेनियल्स र इमी अर्चीबांगसँग विहानै दौडिरहेका छन् ।
फेसबुक सीईओले लेखेका छन्- ‘हामीले यो वर्षलाई ‘अ ईयर अफ रनिंग’ नाम दिएका छौं । मैलै एउटा पब्लिक ग्रुप बनाएको छु जसमा हामी सबै दौडिदा हुने रोमान्ससँग जोडिएको आफ्नो अनुभवमाथि चर्चा गर्न सक्छौं । म पनि समय–समयमा यो विषयसँग जोडिएको जानकारी दिनेछु ।’
फेसबुक प्रयोगकर्ताले आफ्नो अनुभव ‘अ ईयर अफ रनिंग’ फेसबुक ग्रुपमा जोडिएर शेयर गर्न सक्छन् । यद्यपी यो ग्रुपमा अहिलेसम्म ५० हजार मेम्बर जोडिएका छन् । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया