२९ आश्विन २०८३, बिहिबार

मतगणनाको ताजा परिणामः   ओलीको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-KP-Oli

काठमाडौँ, २९ असार । नेकपा एमालेको नेतृत्व छनोटका लागि भएको निर्वाचनको मतगणना अहिले पनि दशरथ रंगशालामा जारी छ । नेकपा एमालेको निर्वाचनको ताजा परिणाम

अध्यक्ष, माधवकुमार नेपाल–१०५ केपी शर्मा ओली–१४१
उपाध्यक्ष नेपाल र ओली समूह
युवराज ज्ञवाली–९६ ,बामदेव गौतम–११२,अष्टलक्ष्मी शाक्य–९२,विद्यादेवी भण्डारी–१११,भिम रावल–८६,प्रदीप नेपाल–१००,राजेन्द्र पाण्डे–८६,किरण गुरुङ–१०१ ,लालबाबु पण्डित–८५,धर्मनाथ साह–९०
महासचिव नेपाल र ओली समूह
सुरेन्द्र पाण्डे–९०,ईश्वर पोखरेल–१०८
उपमहासचिव नेपाल रओली समूह
रघुजी पन्त–८३,विष्णु पौडेल–११०,घनश्याम भुसाल–९२ ,शंकर पोखरेल–१११सचिव नेपाल रओली समूह
गोकर्ण विष्ट–१०५,प्रदीप ज्ञवाली–१११,योगेश भट्टराई–८७,पृथ्वी सुब्बा गुरुङ–१०५ ,भीम आचार्य–८४,विष्णु रिमाल–१०३,बेदुराम भुसाल–८२,रघुवीर महासेठ–९७,पर्शुमेघी गुरुङ–९२ ,केशवलाल श्रेष्ठ–९२

पछिल्लो जानकारी अनुसार संसदीय दलका नेता केपी शर्मा ओलीले ५० मत पाउनु भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले ४५ मत पाउनु भएको छ ।

उपाध्यक्षमा वामदेव गौतमले ५४, विद्या भण्डारीले ५३, युवराज ज्ञवालीले ५२, प्रदिप नेपाल ४८ र अष्टलक्ष्मी शाक्यले ४८ मत पाउनु भएको छ ।

महासचिवमा र्इश्वर पोखरेलले ५३ सुरेन्द्र पाण्डेले ४५ मत पाउनु भएको छ ।
सचिवमा गोकर्ण विष्टले ५५, प्रदिप ज्ञवालीले ५२, विष्णु रिमालले ५२,

परशुराम मेघी गुरु ४९ र योगेश भट्टराईले ४९ मत पाउनु भएको छ ।

नेकपा एमालेको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।

मतगणनासँगै मतको प्रारम्भिक मत परिणाम पनि आउन थालेको छ । दुबै थरीले दिएको सूचना फरक–फरक बाहिर आएकाले आधिकारिक सूचना अहिलेसम्म प्राप्त भइको छैन ।

पछिल्लो पटक मतगणना स्थलमा रहेका सचिव पदका उम्मेदवार योगेश भट्टराईका अनुसार ५० बढी मतको गणना हुँदा माधवकुमार नेपालले अग्रता लिनुभएको बुझिएको छ ।

उहाँका अनुसार नेपालले ३७ मत पाउनु भएको छ भने अर्का उम्मेदवार केपी शर्मा ओलीले १७ मत पउनु भएको छ ।

यस्तै महासचिवमा सुरेन्द्र पाण्डेले ३२ मत र र्इश्वर पोखरेलले १८ मत पाउनु भएको छ ।

महाधिवेशन स्थलमै रहनु भएका केन्द्रीय सदस्यका उम्मेदवार राजन भट्टराईका अनुसर नेता ओलीले ५० र नेपालले ४८ मत प्राप्त गर्नुभएको छ ।

औपचारिक रुपमा भने एउटा मतपेटिकाको मत गनिसकेपछि मात्र बाहिर नतिजा सार्वजनिक गरिने छ ।

गणनास्थलमा मोबाइल रिसिभ गर्न बन्देज । गणनास्थलमा मोबाइल रिसिभ गरे कारवाही स्वरुप गणनास्थलबाट बाहिर ।

गणनास्थलबाट बाहिरिएका एक कार्यकर्ताले दिएको जानकारी अनुसार संसदीय दलका नेता केपी शर्मा ओलीले प्रारम्भिक मतगणनामा अग्रता लिनु भएको छ ।पछिल्लो जानकारी अनुसार अहिले बुथ नं१को मतपत्र मिलाउने काम भइरहको छ । जम्मा ४ सय ३५ मतदाताले मतदान गरेको उक्त बुथमा केन्द्रीय निकाय, जनसंगठन, जनसंगठन महासंघ, ज्येष्ठ कम्युनिष्ट मञ्चलगायतकाले मतदान गर्नुभएको थियो । मतपत्र मिलाइ सकेपछि मतगणना सुरु हुनेछ । जम्मा ३५ वटा मटपेटिका रहेको मतगणना स्थलबाट हरेक मतपेटिकाको मतगणना सकिएपछि जानकारी गराउने एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिनुभएको छ ।

सदस्य र पदाधिकारीको गणना एक साथ शुरु, सात ठाउँमा गणना

नेकपा एमालेको नेतृत्व छनोटका लागि भएको निनेकपा एमालेको नेतृत्व छनोटका लागि भएको निर्वाचनको मतगणना अहिले पनि दशरथ रंगशालामा जारी छ । नेकपा एमालेको निर्वाचनको ताजा परिणाम टेलिभिजन पत्रकारलाई मात्रै मतगणनास्थलमा प्रवेश दिए पनि अन्य पत्रकारलाई प्रवेश नदिएपछि मतगणनाको रिपोटिङ् गर्न कठिनाई भएको छ ।

अध्यक्षका उम्मदेवारले आफ्ना दुई दुई जना प्रतिनिधि मतगणनामा राखेका छन् । नेपालको प्रतिनिधिका रुपमा सभासद रामकुमार भट्टराई र पत्रकार बिष्णु रिजाल छन् भने ओलीको प्रतिनिधिका रुपमा काभ्रे जिल्ला अध्यक्ष तथा पत्रकार गोकुल बास्कोटा र नुवाकोटका केशव पाण्डे छन् । अहिले पदाधिकारीको गणना भइरहेको १ नम्बर बुथमा ४ सय २२ मत छ।