३० आश्विन २०८३, शुक्रबार

दुबईको मम्जार पार्कमा नेपालीहरूले बनभोज मनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

inter4– दामोदर दाहाल

युएई । नयाँ वर्ष सन् २०१६ को शुभ अवसरमा गत शुक्रबार दुबईको मम्जार पार्कमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

युएईमा सामाजिक क्रियाकलापको लागि क्रियाशील संघ सस्थाभन्दा पछिल्लो समय आन्तरिक रुपमा सामाजिक काम गर्ने संघ सस्थाहरुको स्तरीयता उल्लेखनीय बन्दै गहिरहेको छ । जसको जगन्य उदारण बनेको छ नेपाली एकता समाज इन्टरप्लास्ट कम्पनी लिमिटेड ।

सन् २००० मा सारजाहको इन्टरप्लास्ट कम्पनीमा कार्यरत केही नेपालीहरुबाट आफ्नै कम्पनीमा कार्यरत नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्था नेपाली एकता समाज इन्टरप्लास्ट कम्पनीमा सबैलाई समेटेर आगामी वर्ष सम्म ४०० को हाराहारीमा सदश्यता पुगाउने लक्ष्य रहेको सस्थाका अध्यक्ष टक बहादुर गुरुङले जानकारी दिएका छन् ।

शुभकामना तथा बनभोज कार्यक्रममा नेपाली परिकारका मिस्ठान्न खानेकुराका साथ बिभिन्न मनोरञ्जनात्मक लोकपारखीका गाना र नृत्यले आफनै जन्मभूमिको झझल्को लगायत आफनो संस्कृतिको बिशेष आनन्द लिदै सहभागीहरु रमाइरहेका थिए ।

कार्यक्रम सस्थाका अध्यक्ष टक बहादुर गुरुङको सभापतित्वमा भएको थियो भने उक्त औपचारिक सत्रको कार्यक्रम सस्थाका सचिब राजु भण्डारीले संचालन गरेका थिए ।

बिशेष अथिती वीरेन्द्र नकर्मी रहेको उक्त कार्यक्रमको स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष हेम थपलियाले राखेका थिए ।

inter5नेपाली एकता समाज इन्टरप्लास्टका सस्थापक सल्लाहकारहरु कृष्ण प्रसाद आचार्य तथा रामेश्वर भेटवालले सस्थाले धेरै अगाडि फड्को मारेकोमा सस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई धन्यबाद प्रदान गर्दै प्रवाशमा यसरी विभिन्न जिल्लाका नेपालीहरु एउटै थलोमा भेला हुन पाउँदा अत्यन्त हर्सित रहेको जनाए ।

कार्यक्रमका सभापति तथा अध्यक्ष गुरुङले सबै सहभागीहरुलाई व्यस्त समयको बाबुजुद कार्यक्रमका लागि समय निकालेकोमा आभार व्यक्त गर्दै नयाँ वर्षको शुभकामना साथै, सस्थालाई अझै दरिलो बनाउदै लैजाने प्रतिबद्द्ताका साथ कार्यक्रमको समापन गरेका गरेका थिए ।