७ कार्तिक २०८३, शनिबार

चीनले भ्रमणमा बोलायो मधेसवादी दलका नेतालाई, को-को जाँदैछन् ? (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं । आन्दोलनरत मधेसी दलका करिब एक दर्जन नेताहरुको चीन भ्रमण तयारीबारे भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले चासो देखाएका छन् ।

अरु नै कामको सिलसिलामा शनिबार काठमाडौं आएका भारतीय विदेश सचिव ठाकुरले मधेसी दलका नेताहरु चीन भ्रमणमा जान लागेको थाहा पाएपछि चासो दिएका हुन् । समाचार स्रोतका अनुसार चीन भ्रमणमा जाने नेताहरुको सूचीमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका नेताहरु धेरै छन् ।

बिहारका मुख्यमन्त्री नितिशकुमारसँग घनिष्ठ सम्बन्ध भएका लालबाबु राउतको नेतृत्वमा नौजना टोली आगामी साता चीन भ्रमणमा जान लागेको हो । उक्त टोलीमा विदेश विभाग प्रमुख अर्जुन थापा, तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ला पनि जाँदैछन् । शुक्लाको युपीका मुख्यमन्त्री अखिलेश यादवसँग विशेष सम्बन्ध भएको बताइन्छ ।

भारतका प्रान्तीय पार्टी तथा प्रान्तीय मुख्यमन्त्रीहरुसँग निकट सम्बन्ध भएकाहरुलाई छानेर चीनले भ्रमणका लागि बोलाएका कारण पनि भारतीय विदेश मन्त्रालयका सहसचिव ठाकुरले चासो दिएका हुन् । तरुण साप्ताहिकमा खबर छ ।