२९ आश्विन २०८३, बिहिबार

माओवादी विशेष महाधिवेशनमा जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhya 1काठमाडौं, २९ असार । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले शुक्रबार यही असार मसान्तमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गर्दै विशेष महाधिवेशनमा जाने निर्णय गरेको हो।

‘पार्टीको कार्यदिशा समृद्धिका लागि राष्ट्रिय सम्मेलन बोलाएका थियौं,’ नेवाः राज्य समितिको कुपन्डोलस्थित कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘तर, यसअघि महाधिवेशनले पारित गरेको कार्यदिशालाई राष्ट्रिय सम्मेलनले परिमार्जन गर्न नसक्ने भएकाले विशेष महाधिवेशनमा जाने निर्णय गरेका छौं।’

केन्द्रीय समिति बैठकमा सचिव नेत्रविक्रम चन्दले यसअघि पोखरामा भएको महाधिवेशनको कार्यदिशाभन्दा फरक दस्तावेज ल्याएपछि माओवादी विशेष महाधिवेशनमा जान बाध्य भएको हो। पोखरामा भएको सातौं महाधिवशेनले जनयुद्धको जगमा जनविद्रोह गर्ने कार्यदिशा पारित गरेको थियो। त्यसैअनुसार माओवादीले संविधानसभा निर्वाचन बहिष्कार गर्यो ।

अहिले केन्द्रीय समिति बैठकमा वैद्यले जनयुद्धको जगमा जनविद्रोह भनेर त्यही कार्यदिशा र नीतिलाई निरन्तरता दिए पनि सचिव चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’ को कार्यदिशा प्रस्तुत गरेका थिए। नागरिक दैनिकबाट