काठमाडौ, २९ असार । एमाले महाधिवेशनमा नेताहरुको प्रचारका क्रममा भएको फोहोर पार्टीकै विद्यार्थीहरुले सफा गरेका छन् ।
भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अगाडिको प्रदर्शनीमार्ग सडकमा भएको फोहोर अनेरास्ववियु केन्द्रीय रचनात्मक क्रियाकलाप विभागले शनिबार सफा गरेको हो ।
हाइटेकु महाधिवेशन गर्ने भनिए पनि अधिकांश उम्मेदवारले पर्चा, पम्प्लेट र फ्लेक्स प्रयोग गरेका थिए ।
अनेरास्ववियु पूर्वअध्यक्ष रामकुमारी झाँक्री, अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतम, प्रचार विभाग प्रमुख अशेष घिमिरेलगायत २ सय नेता कार्यकर्ताले सरसफाई गरेका हुन् ।
असार १९ गतेदेखि सुरु भएको महाधिवेशन शनिबार बिहान सकिएको छ । नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भने दशरथ रंगशालामा हुँदैछ । कान्तिपुर दैनिकबाट














प्रतिक्रिया