७ कार्तिक २०८३, शनिबार

श्रीमतीकै ठाउँमा उहाँलाई स्वाद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CP Mainaliकाठमाडौं, १९ पुस । श्रीमती सत्या पहाडीका कारण गृहमन्त्री शक्ति बस्नेत बदनाम भइरहेकै बेला उपप्रधानमन्त्री सिपी मैनालीसमेत पत्नी निलमकै कारण अप्ठ्यारोमा परेका छन् ।

सुशील कोइरालाको मन्त्रिमण्डलमा सीता खड्का अर्थात निलम केसीको भागमा परेको मन्त्रालय यसपटक पनि सिपी मैनालीकै भागमा किन जु¥यो होला ? परिषद् स्रोत भन्छ, आफ्नै पत्नीले छाडेको अधुरो काम पूरा गर्न । घटनाक्रमले समेत यसलाई पुष्टि गर्दै लगेको छ ।

दुई महिनाभित्र समाजकल्याण परिषदमा उपाध्यक्ष, सदस्य–सचिवसहित कोषाध्यक्षको समयावधि सकिँदैछ । अहिले उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारी चौधरी र सदस्य–सचिव छन् रवीन्द्रकुमार यादव ।

झण्डै ४२ हजार एनजिओ र २ सय ३५ आइएनजिओमाथि निगरानी राख्ने परिषद्को जागिर आकर्षक मानिन्छ ।

यही स्थानमा दुई महिना समयावधि बाँकी रहेका यिनै पदाधिकारीलाई हटाउन मन्त्री मैनाली लागि पर्दा समस्या उत्पन्न भएको छ । र विवाद उत्कर्षमा पुग्दा मन्त्री र परिषदका पदाधिकारीबीचको जुहारी उत्कर्षमा पुगेको जनआस्था साप्ताहिकले छापेको छ ।

समस्याले कतिसम्म उग्ररुप लियो भने, मैनाली मन्त्री बनेको दुई महिना बित्न लाग्दासमेत सञ्चालक समितिको एउटा बैठक बस्न सकेको छैन । न त पूर्ण, न कार्यसञ्चालक समितिको । यि दुवै बैठक बस्न नसक्नु एउटा पाटो, मन्त्री मैनालीले यी तीनै पदाधिकारीलाई हटाउन खोज्नु हो ।