७ कार्तिक २०८३, शनिबार

राष्ट्र टुक्र्याउने सिनेमा कसले देखायो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakistan Remembering Partitionकाठमाडौं, १९ पुस । राजजानकी मन्दिर गएका बेला विधवा अलिच्छिना लाञ्छितभन्दै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि लाञ्छित गर्नेहरूलाई चौथो अंगका रुपमा चिनिएका पत्रकारले समेत प्रोत्साहित गरेको रिपोर्ट राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री समक्ष पेश गरेको छ ।

यस क्रममा जनकपुरका केही टिभी च्यानलले भारतबाट पाकिस्तान र पाकिस्तानबाट बंगलादेश विभाजनताकाका कथावस्तुमा आधारित सिनेमा प्रसारण गरेको पाइएको छ ।

अपन टिभी, टिभी टूडे, जनकपुर टिभीमध्ये कसले यस्ता फिल्मलाई ठाउँदिए रिपोर्टमा किटानी छैन । तर केही च्यानलबाट सय जनाको भेलालाई समेत बढाइचडढाई हजार जना आन्दोलनकारीको सहभागिता भनी पत्रकार आचारसंहिताविपरीत तथ्यको निर्मम तोडमोड हुने गरेको हुँदा सञ्चार मन्त्रालयअन्तर्गत सूचना विभागले ढुक्कैसँग तराईमा डोर खटाई सञ्चारकर्मीलाई प्रशिक्षित गरिनुपर्ने सुझाव समेत दिइएको छ ।

राष्ट्रपतिमाथि भएको अपमानजक व्यवहारसम्बन्धी छानबिन गर्न शुक्रबार जनकपुर पुगेको सरकारी टोली समक्षपनि स्थानीय पत्रकारले नेपाली नागरिकभन्दा आफूलाई मधेसी आन्दोलनकारीका रुपमा प्रस्तुत गरेको जनआस्था साप्ताहिकले छापेको छ ।

प्राप्त जानकारीअनुसार त्यस भेगकै सबभन्दा पुरानो क्लबका रुपमिा चिनिने रामानन्द युवा क्लबका संयोजक सरोज मिश्रले राष्ट्रपतिविरुद्ध पहिलोचोटि फेसबुकमा पोष्ट गरी मधेसी जनताको भावना भड्काउने काम गरेका थिए ।

सरकारी टोली समक्ष रेडियो नेपालका संवाददाता अजयकुमार झा, कान्तिपुर दैनिकका रिपोर्टर श्यामसुन्दर शशि पनि त्यसरी नै प्रस्तुत भए ।

शशिले त राष्ट्रपति विवाह पञ्चमीमा आउनु नै गलत भएको, कुकुर र जुत्ता–चप्पल प्रयोग गरेका कारण गंगाजल छर्कनु परेको सफाइ पेस गरेका थिए ।