३० आश्विन २०८३, शुक्रबार

मलेसिया विशेषः बर्ष २०१५ लार्इ फर्केर हेर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KL-Skyline_Night_HDR-1024x396

नेपाली कामदारको पहिलो गन्तब्य मानिएको मलेसियामा गतबर्ष धेरै कुरामा उतार चढाव आयो । गतबर्ष झण्डै चार सय ५० जना नेपालीले बिभिन्न कारणबाट मलेसियामा ज्यान गुमाए । कम्पनीभित्र कामको शिलशिलामा हुने घटना, सडक दुर्घटना, सकुशल सुतेका मान्छे सुतेको सुतेई हुने जस्ता आकस्मिक मृत्यु गत बर्ष पनि उच्च रह्यो । गतबर्ष मलेसियामा नेपालीको मृत्युदर बिगत बर्षहरुको भन्दा अत्याधिक बन्न पुग्यो ।

यस्तै, रोजगारीको सिलसिलामा मलेसिया आएका १७ जना नेपाली गतबर्ष घर परिवारबाट सम्पर्कबिहिन बने । उनीहरु जिवित छन या छैनन अत्तोपत्तो छैन् । गत बर्षको सेप्टेम्बरदेखि डिसेम्बरसम्म मलेसियाले अबैधानिक बिदेशी कामदारलाई घर फर्कने समय दियो । त्यस अबधिमा झण्डै ४५ हजार नेपाली घर फर्किए ।

यस्तै, गत बर्षनै नेपाली राजदूतावासले अबैधानिक कामदार घर पठाउने कोपरासी खारेजीको घोषणा गऱ्यो । राजदूतावासले गरेको यस घोषणा पनि बिबादरहित बन्न सकेन । केहि संघ संस्थाले कोपरासी खारेजी नभएको दाबी गरे । गतबर्ष नेपाली लगायत बिभिन्न मुलुकका गरि २ लाख भन्दा बढी अबैधानिक कामदारलाई मलेसिया सरकारले पक्राउ गरि घर फर्काईदियो ।

गत बर्ष नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट लागु गरेपनि मलेसिया आउने भन्दा घर फर्किने धेरै भए । मलेसिया आएका नेपालीहरुले भनेको काम तथा पारीश्रमिक नपाउनु । आर्थिक मन्दिका कारण यहाँको मुद्राको दरमा भारी मात्रामा गिरावट आउनु । कामदारलाई सुरक्षा दिन नसक्नु लगायतका कारणले नेपाली कामदारको मलेसिया आकर्षण घटेको देखिन्छ । नेपाल सरकारले गतबर्ष मलेसियाका ५२ वटा कम्पनीलाई कालो सूचिमा राखेको तथ्यबाट पनि नेपालीहरुको मलेसिया आकर्षण घटेको पुष्टी हुन्छ ।

यस्तै गतबर्ष फ्रि भिसा फ्रि टिकटका लागि मलेसियाका आंशिक कम्पनी मात्र तयार भए । १४ हजारको मागपत्रमात्रै यहांस्थित नेपाली राजदूतावासले प्रमाणिकरण गरेको रेकर्ड छ । अघिल्ला बर्षहरुमा डेढ लाख नेपाली मलेसिया आउने गर्थे । नेपाल सरकारले घोषणा गरेको फ्रि भिसा फ्रि टिकटकै कारण मलेसियाको रोजाई बंगलादेश, म्यानमार लगायत अन्य देशतर्फ मोडियो ।

मलेसियाले बंगलादेशबाट १५ लाख कामदार ल्याउने घोषणा गरेपनि त्यो प्रक्रिया अहिलेसम्म अगाडी बढ्न सकेको छैन । बंगलादेश सरकारले आफ्ना कामदारलाइ एक बर्षको लेबी छुट दिनुपर्ने प्रस्ताव अगाडी सारेपछि बंगलादेशबाट कामदार आउने नआउने पनि अन्यौल छ ।

म्यानमारबाट आएका १ लाख ३५ हजार रोहीडग्या शरणार्थीलाई बैधानिक कामदारको मान्यता दिने तयारी भने भैरहेको छ । मुख्यतया बाहिरी देशबाट कामदार ल्याउने या देशमै भएका अबैधानिक कामदारलाई बैधानिक बनाउने भन्नेबारे मलेसिया सरकार स्वयम स्पष्ट छैन् ।

यसैगरि गत बर्ष भूकम्प पीडितका लागि नेपाली राजदूतावासद्धारा गरिएको आह्वानमा मलेसियाबाट साढे ५ करोड भन्दा बढी रकम संकलन भयो । संकलित राहत रकम प्रधानमन्त्री राहतकोषमा जम्मा गरिएको राजदूतावासले जानकारी दिएको छ । गतबर्ष नै गैर आवासीय नेपाली संघ मलेसिया गठन भयो । बिबादै बिबादकाबीच एनआरएन गठन भएको हो । अध्यक्षका प्रत्यासी हरि भट्टराईको प्यानलले चुनावी मैदान छाडेपछि महेन्द्रजंग शाहको प्यानल यहाँको गैर आवासिय नेपाली संघ बनेको छ । बर्षको अन्त्यमा संघका अध्यक्ष महेन्द्रजंग शाहले २ जना नेपालीसँग मोटो रकम लिएर नक्कली भिसा लगाई दिएको भन्ने समाचार सार्बजनिक भएपछि शाह पनि बिबादित बने । यद्यपि संघका अध्यक्ष शाहले यो आरोप स्वीकार गरेका छैनन ।

यस्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाली कांग्रेश जनसंम्पर्क समिति मलेसियाले यहाँ पीडित नेपालीका लागि सेल्टर खडा गर्ने निर्णय गऱ्यो ।

मलेसियाले अब २ प्रतिशत बिदेशी कामदार कटौती गर्ने गत बर्ष घोषणा गरेको थियो । आगामी सन २०२० भित्र २ प्रतिशत बिदेशी कामदार कटौती गर्ने यहाँको सरकारले स्पष्ट पारेको छ । स्थानिय नागरिकलाई रोजगारीमा प्रोत्साहन गर्ने मलेसियाले लक्ष्य पनि अगाडी सारेको छ । सम्मानित र सजिला काममा स्थानियलाई प्राथमिकता दिने सरकारले बताएको छ । गत बर्षको नोभेम्बर २४ देखि हस्तलिखित राहदानी भने बिस्थापित बन्न पुगेको छ । कतिपय नेपाली अझैपनि हस्तलिखित राहदानीका साथमा मलेसिया भएको अनुमान छ ।

गतबर्षको अन्त्यमा मलेसिया सरकारले नेपाली लगायत बिदेशी कामदारका लागि नयाँ बोझ थपिदिएको छ । नयाँ बर्ष २०१६बाट लागु हुनेगरि मलेसिया सरकारले बिदेशी कामदारको उपचार सेवा शुल्कमा ७० प्रतिशत बृद्धि गर्ने स्पष्ट पारेको छ । अब सामान्य उपचारका लागि पनि महंगो शुल्क तिर्नु पर्नेछ । यो दुःखद कुरासंगै एउटा खुशीको खबर पनि छ । मलेसिया सरकारले गत बर्षको बजेट भाषणबाट आगामी जुलाई महिनादेखि लागु हुने गरि हालको नौ सय बेसिकमा एक सय रिंगेट थपेर एक हजार बेसिक बनाई दिने भएको छ ।