३० आश्विन २०८३, शुक्रबार

फ्रान्समा पनि मनाइयो नेपाली टोपी दिवस, विदेशी पर्यटकले पनि लगाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

france 3

– विजय थापा
वाशिंगटन डिसी । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित तेस्रो अन्तराष्टिय नेपाली टोपी दिवसलाई पछ्याउदै फ्रान्समा रहेका नेपाली समुदायले पनि टोपी दिवस मनाएका छन् ।

फ्रान्सको राजधानी पेरिसमा अवस्थित ईफ़ेल टावरमा एकत्रित भै नेपाली टोपी सहित पुगेका नेपालीले छोटो समयमा जारी गरिएको सूचना भए पनि आगामी दिनमा टोपी दिवसलाई व्यवस्थित रुपमा गर्नुपर्ने महसुस गरिएको गैर आवसियं नेपाली संघ फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले बताए ।

उक्त टोपी दिवसमा नेपाली राजदूताबास पेरिसका नियोग उपप्रमुख रामबाबु ढकाल, समाजसेवी तथा साहित्यकार हरिहर अर्यालको पहलमा बिभिन्न रंगका नेपाली टोपी लगाएर आएका थिए । भेलामा तमु समाज फ्रान्सका अध्यक्ष, नारायण गुरुङ, एनआरएनका पूर्व अध्यक्ष घनश्याम पौडेल, किरण केसी, हरि सापकोटा तथा नेपालीहरुको उपस्थिति रहेको थियो ।

बिदेशी माटोमा पनि नेपालीपनको संरक्षण तथा प्रवद्र्धन गर्ने, बिदेशमा छरिएर रहेका नेपाली समुदायलाई राष्ट्रियता जगाउने र नेपालीलाई बिश्वमा चिनाउने गर्ने काम नेपाली टोपीले पनि गर्ने भएकोले यस्ता कार्यक्रम अपरिहार्य हुने भएकोले भेलामा सहभागी हुन् आएको अर्यालले बताए ।

विश्व भर सामाजिक संजाल अनुहार किताब मार्फत जताततै प्रचार भएता पनि घरभित्र मात्र यसलाई सिमित राख्नु हुदैन भन्ने ठहर गर्दै बाहिर गएर नेपालको पनि प्रवद्र्धन समेत गरेका छन् । नेपाली टोपी देखेर र नेपाली झन्डा बोकेर शुभकामना आदान प्रदान गरिएको बेलामा पर्यटकहरु झुमिएका थिए भने उनीहरुलाई पनि नेपाली टोपी उपहार स्वरुप दिइएको छ ।

कार्यक्रममा युवाहरु मात्रै होईन बालबालिकादेखि महिलाहरु समेत सहभागिता थियो । नेपाली टोपी दिवसका अभियन्ता जनार्जन पौडेलले राष्ट्रियता संकटमा पर्न थालेको अवस्था देखिएको र नेपालीपन झल्किने नेपाली पोशाकको जगेर्नामा जनचेतना फैलाउन उनले गत ३ बर्ष देखि सुरु गरिएको एक अभियान हो ।

france 1 france 2  france 4