एजेन्सी । अश्लीलताको अभियोगमा विपक्षी दलका एक सांसदलाई बर्खास्त गरिएको छ ।
ब्रिटेनका सांसद सिमान डेंकजुकलाई उनको पार्टीले अश्लीलता गरेको भन्दै बर्खास्त गरेको हो । लेबर पार्टीले सांसद सिमानमाथि १८ वर्षीय युवतीसँग अश्लीलतापूर्ण चैटिंग गरेको र अश्लील हर्कत गरेको अभियोग लगाएको छ । लेबर पार्टी ब्रिटेनको प्रमुख विपक्षी दल हो ।
लण्डनको मेट्रो पत्रिकामा प्रकाशित समाचार अनुसार, सांसदले किशोरीलाई अश्लील म्यासेज पठाएका थिए र उनलाई उत्तेजित पारेका थिए । सांसद सिमान तबदेखि किशोरीलाई यस्ता अश्लील म्यासेज पठाइरहेका थिए जब उनकी श्रीमतीले छाडेकी थिईन् अर्थात सम्बन्ध विच्छेद गरेकी थिईन् ।
अभियुक्त सांसद जून युवतीसँग सेक्सटिंग गरेको आरोपमा बर्खास्त भए ती युवती उनको अफिसमा जागिर खोज्दै आएकी थिईन् ।
युवतीले जब सांसदलाई फोन गरेर जागिर मागिन तब सांसदले उनीसँग लगातार कुराकानी गर्न थाले र फेरी उनलाई जागिरको प्रलोभन दिएर अश्लील म्यासेज पठाउन थाले ।
समाचार अनुसार अभियुक्त सांसद बालबालिकाहरुको यौन शोषणविरुद्ध अभियान चलाउँदै आएका थिए । जबकी उनी आफैले युवतीको यौनशोषणको प्रयास गरे ।
यसअघि भारतमा संसदमा पोर्न फिल्म हेर्दाहेर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका एक सांसदलाई प्रहरीले पक्राउ गरेको थियो ।















प्रतिक्रिया