२९ आश्विन २०८३, बिहिबार

अर्काकी श्रीमतीसँग प्रहरी इन्चार्ज आपत्तिजनक अवस्थामा भेटिएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो
फाइल फोटो

एजेन्सी । समाज, संस्कार र शान्तिसुरक्षाको पहरेदार भनेर प्रहरीलाई चिनिन्छ ।

तर, यहाँ एक प्रहरी इन्चार्ज समाज र संस्कारलाई लात मार्दै परस्त्रीसँग रोमान्स गर्दागर्दै रंगेहात समातिएका छन् । उत्तर प्रदेशको बलियामा विहीबार एक प्रहरी चौकीका इन्चार्ज एक घरमा अर्काकी श्रीमतीसँग आपत्तिजनक समातिएका हुन् ।

गाउँलेहरुले शिव नामका प्रहरी इन्चार्जलाई घरमा बन्द गरिदिएका छन् । उनीहरुले १०० नम्बरमा फोन गरेर घटनाको सूचना प्रहरीलाई दिए । सीओ सदर बाबू लाल यादव, नरही जिल्लाका एसओ रामरतन सिंहसहित अन्य उच्च अधिकारी अधिकारी सूचना पाएपछि घटनास्थल पुगेका थिए ।

सीओ यादवका अनुसार घटनाको जाँच सुरु गरिएको छ । यता प्रहरी कमिश्नर अनीस अहमदले पनि उजुरी आएपछि कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।

पदले डीएसपी रहेका शिव इण्डियन प्रहरी फोर्समा कार्यरत छन् । हाल नरही थानाका चौकी इन्चार्ज शिव नजिकैको गाउँमा धेरै दिनदेखि आउनेजाने गरिरहेका थिए । चौकी एक सिपाही सधै इन्चार्जलाई लिएर गाउँकी एक महिलासँग भेट्न रातिको समयमा जाने गर्दथे ।

प्रहरीको गाडी रातिको समयमा एक घरको नजिकै रोकिन्थ्यो र इन्चार्ज त्यहाँ घण्टौ समय विताउथे । यो हर्कत देखेर नजिकका गाउँले हैरान थिए । विहीबार गाउँलेहरु पहिलादेखि नै इन्चार्जलाई समात्न तयारी अवस्था थिए ।

रातिको ९ बजे चौकी इन्चार्ज शिव एक सिपाहीसँग बाइकमा महिलाको घर पुगे । केही समयपछि गाउँलेले त्यो घरको ढोका खोले प्रहरी इन्चार्ज र महिला आपत्तिजनक स्थितिमा फेला परे । पहिला गाउँलेले डीएसपी शिवको गालामा थप्पड हाने त्यसपछि ढोका बन्द गरेर प्रहरीलाई खबर गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार आपत्तिजनक अवस्थामा फेला परेकी महिलाका श्रीमान जागिरका सिलसिलामा विदेशमा छन् ।